Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मादल बनाउने ब्यबसायीको व्यस्तता बढ्यो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

madalकात्तिक २६, प्यूठान । प्यूठानमा मादल बनाउने व्यावसायीको व्यस्तता बढेको छ । तिहार सुरु भए सँर्गै देउसी भैलीका लागि आवश्यक मादल बनाउने व्यावसायीको व्यस्तता बढेको हो ।

जिल्लामा नेपालीसामत र बादी समुदायले मादल बनाउने पेशा अपनाउँदै आएका छन् । तिहार लगत्तै मादलको नयाँ ताल तुना कस्ने, खरी हाल्ने र स्वर मिलाउने कामले दिन बित्ने गरेको हँसपुर ६ कास्कोटका सुक बहादुर सामतले बताए उनले खयर जातको काठबाट मादल बनाउने जनाय ।उमेरले पचासको हारहारी पुगेका उनले बिगत २५ वर्ष देखी मादल बनाउदै आएका छन । अरु वेला भन्दा तिज र तिहारमा मादल बनाउन भ्याइ नभयाइ हुने उनले सुनाए ।

मादलको ढुंग्रीमा तालतुना हाल्ने र खरी हाल्ने कामबाट तिहारभरीमा ३० हजारभन्दा बढी कमाई हुने गरेको छ । ढुंग्रीमा तालतुना गरेर खरी हाले वापत १३ सय र खरी मात्र हाल्न परे ३ सय ज्याला लाग्छ । नयाँ मादल बनाउन २५ सय देखी ३५ सय सम्म लागछ।

हिजोआज उनीहरुको दिन मादलको ढुंग्रीमा गोरु र बाख्राको छाना मोहोर्न, खरी हाल्न, घाममा सुकाउन, स्वर मिलाउन र मादल धनीलाई जिम्मा लगाउनमै बितिरहेको छ । तिहारमा प्रयोग गरिने मादल बनाउने व्यस्तताले खाना खाने र विश्राम गर्नेसम्म फुर्सद नभएको सामतले । गाउँघरमा तिहारमा देउसीभैली खेल्नेक्रममा प्रयोग गरिने मादल बनाउन लैजाने प्रचलन छ । उनि कहाँ हँसपुर गाबिस र यस आसपासका गाउँबाट नया र पुराना मादल बनाउनका लागी लिएर आउने गरेका छन।

मादलमा तालतुना लगाउने र खरी लगाउने कामबाट राम्रो आम्दानी हुनेभएका कारण आफ्नोलागि तिहारको विशेष महत्व रहेको उनको भनाइ छ।