2026-09-02 02:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेसुङ्गा अस्पतालको मृत्यु घटना १० लाखमा मिल्यो

प्रेम सुनार/पुस ५, गुल्म । हिजो साँझ डाक्टरको लापर्वाहीबाट भएको भनिएको एक जनाको मृत्यु घटना मृतकका परिवारजनलाई अस्पताल सञ्चालक समितिले १० लाख रुपैयाँ राहत स्वरुप उपलव्ध गराए पछि मिलेको छ ।    

दाँत र गिँजाको  सामन्य विमारी लिएर आएका गुल्मी कै मालिका गाउँपालिका वडा नम्वर ६, अर्जैका ५३ वर्षिय शिवलला अर्यालको गालामा सल्यक्रिया असफल भई  हिजो साँझ ८ वजेर ४० मिनेट जाँदा मृत्यु भएको थियो । 

दिउँसो २ वजे उक्त अस्पतालमा आई पुगेका अर्याललाई  गिँजामा पिप जमेको छ, अप्रेशन गरेर पिप निकाल्नु पर्छ भन्दै अप्रेशनका लागि वेहोस पारेका थिए । 

सल्यक्रि सके पछि उनको होस खुल्न नसकेर मृत्यु भएको थियो । हिजो साँझ देखि  विहान सम्म आफन्तजनले अस्पतालमा नारावाजी , प्रहरी संग झडप लगायतका  दवावमुलक आन्दोलन चर्काए पछि प्रहरीले सल्यक्रियामा संलग्न डाक्टरहरुलाई स्कटिङ्ग गरेर बढो मुस्कीलले जिल्ला प्रहरी कार्यालय भित्र लगेको थियो । त्यस क्रममा मृतकका आफन्तजनले प्रहरीको गाडी तोडफोड समेत गरेका थिए । 

अस्पताल पछि जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका आफन्जनको माग पुरा गराउने विषयमा निमित्त प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माको रोहवरमा ,  जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदी , रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल , अस्पताल सञ्चालक समितिका पदाधिकारी र  पिडित पक्ष विच छलफल चलफल चलेको थियो । 

उक्त छलफलले पिडित पक्षले डाक्टरहरुको लापर्वाहीले  मृत्यु भएको आरोप लगाएको सम्वन्धमा उच्च स्तरिय छानविन टोली गठन गर्ने । त्यसको प्रतिवेदन प्राप्त नभए सम्म आरोपित डाक्टरहरुलाई अत्यआवस्यक वाहेक अन्य कार्य गर्न नदिने, मृतकका परिवाजनलाई राहत स्वरुप अस्पतालले तत्कालै १० लाख रुपैयाँ नगद उपलव्ध गराउने , मृतकका सन्ततीहरुलाई त्यस अस्पतालमा हुन सक्ने उपचार निशुल्क  उपलव्ध गराउने लगायका  सहमती भए पछि दुवै पक्षले मेलमिलाप पत्रमा हस्ताक्षर गरेका थिए ।  

त्यस  अस्पतालका डाक्टर याम भुजेलले यो घटनाले आफुहरुलाई झुक्काएको बताए । अप्रत्यासित बिरामीको मृत्यु भएपनि अफुहरुको त्यसमा  कुनै नियत नभएको उनको प्रतिकृया रहेको छ । डाक्टर प्रकाश पुन, यम भुजेल र बिक्रम बस्नेतले अप्रेसन गरेका थिए । 

मालिका गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्ष शोभाखर गिरीका अनुसार मृतककी  पत्नी क वर्गमा परेकी अपाङ्ग छन् ।  एक छोरा र ५ छोरी रहेका त्यस परिवारको आर्थिक अवस्था दयानिय रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली