<p>पुस ५, भक्तपुर (रासस) | भक्तपुरमा चार तलामाथिबाट खसेर एक जना कामदारको मृत्यु भएको छ । <br></p><p>सूर्यविनायक नगरपालिका–८ सूर्यविनायकमा घर प्लाष्टर गर्ने क्रममा २८ वर्षीय वसन्त राईको चारतला माथिबाट खसेर आज मृत्यु भएको हो । </p><p>खोटाङ घर भई काठमाडौँ जोरपाटी बस्दै आएका राईको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।</p>
December 20, 2017
भक्तपुर - BKT, समाज
भक्तपुरमा चार तलामाथिबाट खसेर मृत्यु
By साझासवाल
1 मिनेट पढाइ










