2026-06-27 08:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

बाङ्गेशालमा निशुल्क आँखा शिविर बस्दै

मंसिर २७, प्युठान / दक्षिणि प्युठानको बाङ्गेशालमा निशुल्क आँखा जाच तथा मोतियाबिन्दुको शल्क्रीया शिविर सन्चालन हुने भएको छ।
जनमुखी सामुदायिक बिकास केन्द्र, बाङ्गेशाल स्वास्थय चौकी र गाउँ बिकास समितीको स्थानिय आयोजना तथा लमही आँखा अस्पताल लमही दाङको प्राबिधिक सहयोगमा पौष १ र २ गते शिविर सन्चालन हुन लागेको हो।स्वास्थय चौकी बाङ्गेशालमा दुई दिन सम्म सन्चालन हुने उक्त शिविरमा सामान्य आँखाका रोगिलाइ चेकजाँच तथा पुरै आँखा नदेख्नेलाई निशुल्क अप्रेशन गरिने बताइएको छ।

गाउँघरमा रहेका र शहरका अस्पतालमा पुगेर उपचार गराउन नसक्ने गरिव तथा बिपन्न आँखाका रोगिहरुलाइ लक्षित गरि घरदैलो मै शिविर आयोजना गरिएको जनमुखि सामुदायिक बिकास केन्द्र बाङ्गेशालका अध्यक्ष प्रकाश आचार्यले बताए।उनले यस भेगमा आँखाका रोगिहरु धेरै भएकाले शिविर राखिएको जानकारी दिए।

शिविरमा जिल्लाको ग्रामिण भेगका सेवाग्राहिका साथै छिमेकी जिल्ला अर्घाखाचि र दाङका सिमानाका सर्बसाधारणले समेत सेवा लिने आयोजकले बताएको छ।यस अघि २०६७ सालमा सन्चालन गरिएको शिविरमा एक हजार सर्वसाधारणले आँखा जांच गराउनुका साथै एक सय जनाको मोतियाबिन्दुको शल्क्रीया गरिएको थियो।

आयोजकले स्थानियस्तरमा आयोजित शिविरबाट सेवा लिन सबैलाइ आग्रह समेत गरेको छ। २०६५ सालमा स्थापना भएको जनमुखी सामुदायिक बिकास केन्द्रले बालबिबाह, महिला हिसां,युवा शसक्तिकरण लगाएतका सामाजिक कार्यका साथै बेला बेलामा जनहितमा आधारित निशुल्क स्वास्थय शिविर समेत आयोजना गर्दै आयको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी