2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानको बाङ्गेसालमा आँखा शिविर सम्पन्न

सन्तोषकुमार गुप्ता/ पुस ४, भालुवाङ्ग । प्यूठानको बाङ्गेसालमा दुई दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । नमुना बाङ्गेसाल गाविस, बाङ्गेसाल स्वास्थ्य चौकी र जनमुखी सामुदायिक विकास केन्द्र बाङ्गेसालको संयुक्त आयोजना एवम् नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल अन्र्तगत लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरमा ५ सय ५० जनाले आँखा परिक्षण गराएका छन् । जसमा ५५ जना मोतियाबिन्दुको शल्याक्रिया गरिएको र बाँकी ४ सय ९५ जनाको समान्य उपचार गरिएको लमही आँखा अस्पतालकी नेत्र बिशेषज्ञ डा. जेनु सैंजुले जानकारी दिईन् । शिविरमा मोतियाबिन्दु, मासु पलाएको, आँखा चिलाउने, टाउको दुख्ने, टाढा नदेख्ने, नजिकको नदेख्ने लगायतका समस्या देखिएको डा. सैंजुले बताईन् ।
aakha sibir
शिविरमा प्यूठानको बाङ्गेसाल, ढुङ्गेगढी, हंसपुर, त्रिराम, मर्कावाङ्ग, ढुवाङ्ग, पकला गाविस, अर्घाखाँची जिल्लाको जलुके, सिद्धधारा गाविस, दाङ्गको लालमटिया, हाँसीपुर गाविस र रोल्पा जिल्लाका आँखा बिरामीहरु आएको जनमुखी सामुदायिक विकास केन्दका अध्यक्ष प्रकाश आचार्यले जानकारी दिए । शिविरमा नेत्र बिशेषज्ञ डा. जेनु सैंजुको नेतृत्वमा दृष्टी बिशेषज्ञ मदन चौधरी, नेत्र सहायक बिनिका श्रेष्ठ, आँखा प्राविधिक शान्ती चौधरी, हरिराम चौधरी, टेकबहादुर चौधरी, ममता चौधरी, रिता चौधरी, जिवन थापा, छेदुराम चौधरी र राकेश गुप्ता लगायतको टोली सहभागी रहेको थियो ।

जनमुखी सामुदायिक विकास केन्दका अध्यक्ष प्रकाश आचार्यको अध्यक्षता एवम् नेत्र बिशेषज्ञ डा. जेनु सैंजुको प्रमुख आतिथ्यमा भएको शिविर समापन कार्यक्रममा बोलने बक्ताहरुले आँखा मानव जीवनको महत्वपूर्ण अङ्ग भएकोले यस्तो शिविर जिल्लाका बिकट गाविसहरुमा पनि सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा नमुना बाङ्गेसाल गाविसका लेखापाल यामबहादुर राईमाझी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानका सदस्य बासदेव नकर्मी, सरस्वती उच्च माविका प्रचार्य द्रोण अधिकारी, पत्रकारद्धय सन्तोषकुमार गुप्ता, बिदुर एमसी र केन्द्रका संरक्षक टंकप्रसाद सुनार लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
eye sibir
कार्यक्रमको सञ्चालन केन्द्रका बसन्त घिमिरेले गरेका थिए । राप्ती आँखा स्वास्थ्य कार्यक्रम अनर्तगत सन् २०२० सम्ममा राप्ती अञ्चलमा रहेको अन्धोपनलाई शुन्यमा झार्ने उद्देश्यले राप्ती अञ्चलका दाङ्ग देउखुरी, प्यूठान, रोल्पा रुकुम, सल्यान र छिमिकी जिल्ला कपिलबस्तुका विभिन्न स्थानहरुमा निशुल्क आँखा शिविर सञ्चालन गदै आएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई