2026-10-28 07:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एकबर्ष अघि वलात्कार, अहिले हत्या, हत्यापछी मन्दिरमा झुन्ड्याईयो !

प्रेम सुनार | पुस ११, गुल्मी । अर्घाखाँचीमा एक वर्ष अघि वलात्कृत भएकी एक दलित युवती शनिवार रहश्यमय रुपमा मृत फेला परेकी छन् । भुमिका स्थान नगरपालिका वडा नम्वर ९, धनचौरकी १७ वर्षिया सुन्दरी नामले परिचित समिता नेपाली सोही नगरपालिका वडा नम्वर १० स्थित चरेपानी जंगलको विचमा पर्ने कालिका मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । आईतवार विहान अर्घाखाँची प्रहरीले जिल्ला अस्पताल सन्धीखर्कमा शव पोष्मार्टम गरी दाह सस्कारका लागि परिवारजनलाई बुझाएको छ ।

२०७३ साल माघ ७ गते सन्धीखर्कमा भएको अर्घाखाँची महोत्सव हेरेर उनले पढ्ने स्थान वाङलाको आँमडाँड तर्फ जाँदै गर्दा भुमिका स्थान नगरपालिका वडा नम्वर ४ धारापानी मकै डाँडाका अन्दाजी २५ वर्षिय राजु अधिकारीले मोटरसाईकलमा ‘म पुराई दिन्छु’ भनेर चढाएका थिए । उनले समितालाई त्यस तर्फ लैजाँदै गर्दा नास्ता गरेर जाउँला भन्दै सन्धीकर्खको होटल डायमण्डमा पुराएका थिए । प्रहरीलाई दिएको वयान अनुसार नसालु पदार्थ सेवन गराई उनलाई अधिकारीले त्यस रात त्यही राखेर बलात्कार गरेका थिए । त्यही घटनाको रिसईवीका कारण अहिले उनको हत्या भएको हुन सक्ने बताउँछन् सोही वडाका वडा सदस्य जनकलाल गैरे ।

वलात्कारको तेश्रो दिन माघ ९ गते जिल्ला अदालत अर्घाखाँचीमा मुद्धा दर्ता भएको थियो । त्यस लगत्तै फरार आरोपी अधिकारी हालसम्म वेपत्ता छन् । यहि पुष ६ गते एक वर्ष पुरा भई दोश्रो वर्षका लागि पक्राउ पुर्जी जारी गरेकै दिन उनी मृत फेला पर्नु शुनियोजित रुपमा उनको हत्या गरिएको आशंका परिवारजन र अधिकारकर्मीहरुले गरेका छन् । दलित मुक्ति मोर्चा अर्घाखाँचीका जिल्ला संयोजक जंग परियार ।

वलात्कार पछि उनलाई गाउँमा असुरक्षा महशुस गरी परिवारजनले पढ्नका लागि ललितपुरमा रहेकी मामाकी छोरी मिनाको घरमा राखेर पढाउन पठाएका थिए । कक्षा ११ मा पढ्ने समितिता विहिवारका दिन विहान सदा झै पौने ६ वजेतिर मिनाको घरबाट कलेज जान्छु भन्दै हिडेकी थिईन् । कलेज जान्छु भने पनि समितिा आउट ड्रेसमा हिडेकी थिईन् । त्यस दिन दिउँसो ११ वजे तिर समितिलाई उनै दिदी मिनालाई फोन गरेर म अर्घाखाँची कै एक जना केटासंग विवाह गरेर ईन्डिया तिर जाँदै छु अहिले वुटवल आई पुगे भनेर फोन गरेकी थिईन् । दिदी मिनाले नपत्याएर किन ठट्टा गर्छेस छिटो घर आउ भनेर फेरी फोन गरेकी थिईन् । त्यस पछि समिताले फोन स्वीच अफ गरेपछि सम्पर्क विहिन भएकी थिईन् ।

यस घटनावारे परिवारको तर्फबाट संयोजन गरिरहेका समितिाका भिनाजु हुमबहादुर नेपाली उनी आफै झुण्डिएर आत्मा हत्या गरेको कुरा पत्याउनै नसक्ने बताउँछन् । त्यस मन्दिरमा समिता झुण्डिएको वलेसी ५ फिट भन्दा बढि छैन् । त्यो भन्दा अग्ली समिता छन् । उनको घुँडा पहिल्लै नुगाईएको, थप डोरी भुँईमा पनि छ । कोखैमा चुरोटको ठुटा निभाएर राखिएको छ । नेपाली भन्छन् – ‘घटनाको प्रकृतिले उनलाई पहिला डोरीले गला कसेर हत्या गरी झुण्डाईको छ । समिताका पिता विष्णुबहादुर नेपाली स्थानिय शिक्षक हुन् । छोरीको वलात्कार गरिएका व्यक्तिको षडयन्त्रमा छोरीको हत्या गरिएको आरोप उनले लगाउँ छन् ।

घटनाका सम्वन्धमा अर्घाखाँची प्रहरी प्रमुख डिएसपी एकनारायण कोईरालासंग सम्पर्क राख्दा उनले अनुसन्धान भईरहेको बताए । हत्याको आशंका गर्ने आधारहरुः घटना स्थल भन्दा समितिको घरमा पुग्न करिव साढे दुई घण्टा लाग्छ । उनले बुटवलबाट ललितपुर स्थित दिदी मिनालाई फोन गरे पनि घरमा फोन गरेकी छैनन् । उनि आफ्नो मन खुशीले अर्घाखाँचाी घरमा आएको देखिन्न । उनि तिहारमा घर आएर गएकी थिईन् । घटनाको केहिदिन अघि मात्र आमालाई उनले फोन गरेकी थिईन् ।

वलात्कार घटनापछि उनि पितासंग ठाडो शिर लगाएर बोल्न सक्दीनथिन् । त्यसैले पनि पितासंग फोन हुँदैनथ्यो । त्यस अघि दिदी मिनासंग र परिवारका कुनै सदस्यसंग कसैसंग माया प्रेम रहेको सुईको उनले दिएकी थिईनन् । वलात्कृत भएदेखि उनी निकै सजग हुँदै आएकी थिईन् ।

त्यस दिन एक्कासी घरबाट निस्कनु र दिउँसो एक कल फोन पछि स्वीचअफ गर्नु र तीन दिनपछि मात्र जंगल विचको मन्दिरमा उनको शव फेला पर्नुले समितिलाई भारत तिर वा वुटवलतिर बस्ने कसैले षडयन्त्रमुलक ढंगले लभ चक्कर चलाई रहेको र विवाह गरेर ईन्डियातिर जाने वाहनामा अपहरण गरी जंगलमा लगेर हत्या गरेको हुनसक्ने आशंका गर्न सकिन्छ । यस घटनाको गम्भीर रुपले अर्घाखाँची प्रहरीले अनुसन्धान गर्न जरुरी देखिन्छ । प्रहरी गम्भीर नभएको भन्दै दलित अगुवा खड्ग दर्नाल लगायतका नेताहरुले आन्दोलन चर्काउने चेतावानी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला