2026-11-01 11:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा क्रियाशिल पत्रकार पौडेल सम्मानित

१५ माघ प्युठान

प्युठानमा कृयाशिल पत्रकार दिपा पौडेललाई सम्मान गरिएको छ।
लिस्ने जनसञ्चार राष्टिय साप्ताहिक कि प्रधान सम्पादक पौडेललाई निर्भिक पत्रकारीता पुरस्कारबाट सम्मान गरिएको । आर एण्ड आर ट्रेड लिंक वाग्दुलाद्धारा स्थापित ११ हजार १ सय ११ रासिको उक्त पुरस्कार पुर्व उपप्रधान एवं गृहमन्त्रि कृष्ण वहादुर महराले प्रदान गरे। शुसासन, पारदर्शिता र आर्थिक अनुसासनको क्षेत्रमा क्रियासिल हुने पत्रकारका लागि उक्त पुरस्कार प्रदान गरिदै आएको ट्रेड लिंकका म्यानेजिंग डाईरेक्टर एवं संस्थापक रमेश पौडेलले जानकारी दिए।
विजयनगरको विद्युत विस्तार कार्यको समाचार प्रवाह गरि शुसासनको क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेकाले पत्रिकालाई पुरस्कृत गरिएको हो। यसअघिको निर्भिक पत्रकारीता पुरस्कार एविसि टेलिभिजनका धनिराम शर्मालाई प्रदान गरिएको थियो।

पत्रकार पौडेलको लोकप्रीयता यसरी चुलियो।

रेडियो लिस्ने आवाजको स्थापनाकाल देखि नै क्रियाशिल बिभिन्न समयमा समाचार शाखा प्रमुख ,कार्यक्रम प्रमुख हुँदै हाल लेखापाल तथा समाचार बाँचिकाको भूमिका निभाएकी दीपा पौडेल यस अघि पनि स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कलम चलाएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाको पहिलो स्वास्थ्य पुरुस्कारबाट यसै बर्ष २०७२ भाद्र २५गते प्यूठानका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले सम्मान सहित प्रमाण पत्र प्रदान गरेका थिए। गर्भवति अवस्थामा प्रश्रवपिडामा समेत न्यूज पढ्ने देखि लिएर एक महिनाकी छोरीलाई काखमा राखेर न्यूज पढ्दै पत्रकारिता पेसालाई अगालेकी पौडेलको बिषयमा कान्तिपुर दैनिकले आमा पत्रकार शिर्षकमा समाचार प्रकाशन ,द हिमालयन टाइम्स ,र प्यूठानको पहिलो पत्रिका समाचार दैनिक ,माण्डवी साप्ताहिकले ब्यानर न्यूज बनाई समाचार प्रकाशन गरेपछि लोकप्रिय भएकी भएकी थिइन। उनी रेडियो लिस्ने आवाजको पहिलो साधारण सभाबाट उत्कृष्ट कर्मचारीको रुपमा प्रमाण पत्र र नगद सहित २०६६ सालमा नै पुरुस्कृत भएकी थिइन्। उनलाई २०६६ सालमा तत्कालिन सभासद दिपक बहादुर केसीले सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द