३० माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा भारुको अबैध कारोबार

१ फाल्गुन २०७२, शनिबार ०१:५०

pyuthan news - sajhasabalसलिम अन्सारी/ फागुन १, प्युठान । जिल्लाका स्थानिय बजारहरुमा भारतिय रुपैयाँ सटहिको अबैध कारोबार बढ्न थालेको छ।नेपाल राष्ट बैँङ्कको इजाजत बिना भारतिय नोट्को किनबेच गर्न नपाइने प्राबधान रहे पनि प्युठानमा खुलियाम रुपमा भारतिय रुपैयाँको कारोबार हुने गरेको छ।

नेपाल राष्ट बैकंले भारतिय रुपैयाको सटहि गर्न जिल्ला स्थित नेपाल बैकँमा सट्नि काउन्टर लाई मात्र इजाजत दिए पनि यहाँ अबैध रुपमा भारतिय रुपैयाको किनबेच गरिरहेका छ्न।खुल्ला रुपमा भारतिय रुपैया सटही तथा किनबेच गर्न नपाइने भए पनि प्रशासनकै अगाडि अबैधानिक रुपमा दलालहरुले खुल्लम खुल्ला भारतिय रुपैयाको किनवेच हुँदा समेत प्रशासन मौन बसेको छ।

प्युठानमा भारतिय मुद्राको कारोबार गर्ने गिरोह नै सक्रीय रहेको बताइन्छ।अबैध रुपमा कारोबार गर्नेले खुलियाम १ सय ६५ देखि १ सय ७० रुपैया लिइ भारु १ सय सटही गर्ने गरेको नाम भन्न नचाहने सर्तमा एक ब्यापरिले बताए।

बजारमा छ्यापछ्याप्ती अबैध कारोबार बढ्दै गएको भए पनि यस्तो कारबाही रोक्न कसैले पनि चासो नदिएको जनगुनासो छ।भारु नोटको कालोबजारी गर्नेहरु जिल्लाको विभिन्न ब्यापारिक केन्द्र हुँदै जिल्ला सदरमुकाम सम्म पुग्ने गरेका छन। उनिहरुले जिल्लाका व्यापारीहरुलाइ निश्चित कमिसन दिएर भारु सटही गरि जिल्ला बाहिर पुर्याउने गरेका छन।भारु नोट्को अबैध कारोबार बढ्दै गैरहेको अबस्थामा नेपाल बैक लिमिटेडमा भने यसरी अहिले सम्म कोहि पनि सटही गर्न नआएको बताएको छ।

नेपाल राष्ट बैकंले सिमित मात्रामा भारतिय मुद्रा सटही गर्न भनेर नेपाल बैकँ प्युठानमा अखित्यारी आएको छ।बैक श्रोतले भन्यो,ू यो गलत काम नियन्त्रण गर्ने काम राष्ट बैकंको हो।ू जिल्लामा भारु नोट्को कारोबार बढेको सुनिए पनि अधिकार नहुँदा अनुगमन गरि यस्तो कारोबारमा संलग्नलाइ कारबाही गर्न नसकिएको नेपाल बैंकका कर्मचारिको भनाइ छ। अहिले जिल्ला स्थित नेपाल बैंकमा १०र२०हजार जति भारु रहेको भन्दै विशेष प्रयोजनका लागि मात्र उक्त रकम सटही गर्न सकिने बैकले बताएको छ।

बैकका अनुसार सम्बन्धित ब्याक्तिको नागरिक्ताको फोटोकपी र भारुको प्रयोजन सहितको निबेदनका आधारमा एक ब्याक्तिलाइ अधिकतम ५ हजार सम्म भारु सटही गर्न सकिने छ। बैकंले जिल्लामा कमिसनमा भारु नोटको कारोबार बढेकाले व्यापक अभाव भएको बताएको छ।

यता प्युठान प्रहरी प्रमुख रन्जित सिहं राठौरले भने भारतिय रुपैयां इजाजत प्राप्त संस्था बाहेक अरुले किनबेच गर्न नपाउने कानुन रहेकाले कालोबजारी गर्नेलाइ कारबाही गरिने बताए।ू यस बारे जानकारी आएको छैन।’ उनले भने,’ त्यस्तो अबैध काममा संलग्न भएको पाइए कारबाही गर्छौँ।’

– फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार झापामा एक जनाको नाममा अर्काले लाइसेन्सको ट्रायल दिँदै गर्दा दुवै जना पक्राउ एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि पीडित बालिकासँग माफी माग्दै बालेनले भने– नआत्तिनु, समय आउनेछ! बैठकमा मनिष झाको प्रश्न- वर्षाैं जेल बसेर बाहिर आउँदा नेताहरुकाे एकाएक महल कसरी ठडियो ? सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जसपाको निर्णयले अफ्ट्यारोमा सरकार कानुनी रुपमै अलग भए गायिका एलिना र बिष्णु अब इसेवामा रहेको पैसा एनआइसी एसिया बैंकको एटिएमबाट पनि निकाल्न सकिने बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय सार्वजनिक प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ? पाथीभरामा केबलकार निर्माणविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान