2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

रजवाराका प्रत्येक घरघरमा फिल्टर वितरण, सरसफाइ अभियानमा सक्रिय बन्दै रजवारावासी

शशिधर भण्डारी/ फागुन ८,  रजवारा (प्यूठान) ।  पूर्ण सरफाई गा.वि.स घोषणा अभियानको दुर्त तयारीमा जुटेको रजवारा गा.बि.स.मा गा.वि.स. स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीको सक्रियतामा रजवारा गा.वि.सका बुधवार देखी प्रत्येक घरधुरीलाई फिल्टर वितरण गरिएको छ ।

स्वास्थ्य र सरसफाइ अभियानका लागि जिल्लाकै अग्रणी र नमुनाको रुपमा भूमिका खेलेको रजवारा गा.वि.स.का स्थानीय वासीलाइ शुद्ध पानी खुवाउने लक्ष्य अनुसार  ९०० घरधुरी परिवारलाई फिल्टर वितरण गरिएको रजवारा सरसफाइ अभियानका एक अभियन्ता एवम स्थानीय पत्रकार जोगिन्द्र मल्लले बताएका छन ।

गाउँ बिकास समिती स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिती रजवाराका प्रत्येक घरधुरीलाई रु ८०० र उपभोक्ताबाट ५०० को दरले रकम जम्मा गरेर प्रत्येक घरधुरीलाइ फिल्टर वितरण गरिएको हो ।

रजवारा गा.बि.सलाई पुर्ण आनीबानीमा परिवर्तन भएको गा.वि.स गराउन का निम्ति पुर्ण सरसफाईको गतिविधीको मुल्याङ्कन गर्न प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी , सुआहारा, मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रको टोलीले हालै वार्ड नं. १ र २ का घरहरुमा अनुगमन गरेको थियो । टोलीले पुर्ण आनिवानी परिवर्तन गर्न  १० सुचक पुरा गरेको निष्कर्ष निकाल्दै १ र २ वार्डका घरपरिवारलाई सफा घर प्रमाण पत्र समेत प्रदान गरेको थियो ।

रजवारालाई पुर्ण आनिवानीमा परिवर्तन गर्न जस्ले नियम उल्लघंन गर्छ त्यस्ता ब्यक्तिको सरकारी सेवाबाट बञ्चित गराउने भिवा सीसी रजवाराले निर्णय गरेको जानकारी दिंदै यसबाट बच्ँन १० सुचकहरु पुरा गर्न जोड दिएको छ ।

जिल्लामा खुला दिसामुक्त गर्ने पहिलो गाबिस रजवाराले पूर्ण सरसफाइ तथा आनीबानी पनि पहिलो गाबिसको रुपमा घोषणा गर्ने तयारी समेत  अन्तिम चरणमा    पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई