2026-09-19 12:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका जोख बहादुर उपचार अभावमा चार बर्षदेखि घरभित्रै थला, सहयोग गरिदिन सबैसँग आग्रह

thala pare pyuthani mitraसलिम अन्सारी/चैत्र २, प्युठान । पानीको कुनै रंग हुँदैन । त्यस्तै आँसुको पनि । हुन सक्छ जिन्दगीको पनि । र त, पानीले जस्तो भाँडामा राख्यो त्यस्तै आकार लिइदिन्छ । सवैका आँखाबाट चुहीने पीडाका आँसुको रंगपनि भिन्न भिन्नै हुँदैन । जिन्दगी पनि त्यस्तै हो ।

सुख दुःखमा उसैगरी जिन्दगीरुपी रथलाई अगाडि बढाइरहनु पर्दछ । पानी जस्तै जिन्दगीले पनि सुख दुःखमा आकार लिन सक्नु पर्दछ । तर, प्युठान जिल्ला ढुङ्गेगदी गाविस वडा नं.५ मान्द्रेका ३५ बर्षिय जोख बहादुर मर्साङ्गीका लागि यी सव भन्ने कुरा मात्र हुन् ।

उनका लागि के दिन के रात सरोबरी छ । आफू संङ्गै जन्मेकाहरुको प्रगती र जिवनयात्रा देखेर उनी आफुलाइ दुखित तुल्याउदै बसिरहेका छन । उनी बितेका ४ बर्ष देखि घरको चार पर्खाल छोडेर बाहिर आउन सकेका छैन्न । सकुन पनि कसरी ? शारिरिक अस्वस्थता र अपाङ्गताले उनको जिवनलाइ कुजाइदिएको छ । र अद्य्यारो कुना मै सिमित बनाइदिएको छ ।

उनी शारिरिक रुपमा अशक्त छन । उनको शुरुको अबस्था यस्तो असामान्य थिएन । ३५ बर्षको उमेरमा उनको जिबनमा यस्तो बर्जपात आइलागेको हो।जङ्गलमा घाँस काट्न गएका उनी घर फर्कदाँ अपाङ्ग भएर फर्के, जङ्गलमा उनी रुखबाट लडेपछी शुरु भए उनका दुर्दिनहरु । मर्साङ्गिको सद्धे शरीर अब नचल्ने भएको छ ।

“२०६८ माघमा रुखबाट खसे अनि यो शरिरमा समस्या आयो,म घाइते भए देखि कम्मर देखिको तलको भाग पुरै मरेको छ केही चल्दैन।” शौच गर्न ,नुहाइधुवाइ गर्न सबै कुराका लागि दोस्रो ब्याक्तिको सहारा चाहिन्छ । ३५ बर्षको उमेरमा एक्कासी नसोचेको भएपछी कस्तो भो होला ? बिगत संझदा उनको आँखाभरी पानी भरियो । आफै बिस्तारामा थला पर्नु बाहेक अर्को बिकल्प छैन उनका सामु । युवा अबस्थाको भरभराउँदो जवानी र लांउलाउं खाउँ खाउँको उमेरमा अति अशक्त बनेर एउटै थलोमा जीवन बिताउनुको उनको पिडालाइ शब्दमा उतार्न निकै कठिन छ ।

रुखबाट लडेर उनको ढाड भांचियो,उनी थला परे, उनको आधा शरीर नै नचल्ने भयो ।आर्थिक अबस्था कमजोर रहेका उनका परिवारले उनलाइ धुलिखेल हस्पिटल काठमान्डु पुर्याए तर उपचार खर्चको अभावमा उनको पुरा उपचार हुन सकेन । “उपचार कै क्रममा ५ लाख सकियो तर छोरालाइ सद्धे गराउन सकिएन।” उनका ७४ बर्षिय बुवा तुल बहादुर मर्साङ्गिले भने,” डाक्टरले बोलाएका थिए, अस्पताल लैजाने पैशा नै भएन।” बृद्ध आमाबुवा, पत्नी, दुई छोरी र एक छोरा उनै घाइते अबस्थाका जोख बहादुरसंग आश्रीत छ ।

उचित उपचार पाउने हो भने उनको रोगको निदान हुन सक्छ र उनी हिड्दुल गर्न सक्छ्न। पैशा नभएकै कारण उनको थप उपचार हुन सकेको छैन । र उनी पिढिबाट ओर्लेर आगन सम्म आउन सकेका छैन्न। सुकेर मुरली जस्तै भएको खुट्टा र शारिरिक अस्वस्थताले उनी जिर्ण बन्दै गैरहेका छन । “के गर्नु मर्न नसकिने रहेछ ।” आखांको चेपबाट आँसु बगाउँदै उनी आफ्नो पीडा सुनाउँछ्न ।” मेरा कारण घरमा सबैलाइ निकै दुख भएको छ । त्यसकारण कसैले सहयोग गरिदिए हुन्थ्यो उनी थप्छ्न । उनले अति अशक्त अपाङ्गको क्षेत्रमा काम गर्ने संघसंस्थाका बारेमा नुसुनेका पनि होइन्न तर पहुंचका कारणले उनले ती संस्थाको सहयोग लिन सकिरहेका छैन्न। उनी सहयोग गर्ने कुनै हातहरु भए धन्य हुने बताउँदै तिनै मनकारी हातहरुको पर्खाइमा आँखा लोलाइरहेका छन। अपाङ्गताको क्षेत्रमा काम गर्ने संघसंस्था र सरोकारवाला निकायहरुलाइ उनको एउटै अनुरोध  छ ‘ यदि तपाइहरुको संस्थाले वास्तब मै अपाङ्गताको क्षेत्रमा काम गरिरहेको छ भने एकचोटी मेरो अबस्था नियालिदिनुहोस र सहयोग गरिदिनुहोस।’राज्यले उनलाइ ‘ख’ श्रेणीको अपाङ्गताको परिचयपत्र बनाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई