2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा प्रहरीद्वारा ४६ फरार अभियुक्त पक्राउ

पुस १७, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाबाट विभिन्न मुद्दामा फरार रहेका ४६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

सिन्धुपाल्चोक जिल्ला तथा विभिन्न जिल्लाका अदालतबाट सजाय फैसला सुनाइ फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । 

चालु आर्थिक वर्ष ०७४/०७५ शुरु भएदेखि हालसम्ममा ४६ जना फरार अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो । 

इलाका प्रहरी कार्यालय मेलम्चीले १८, इप्रका बाह्रबिसेले पाँच र इप्रका जलबिरे, नवलपुर तथा जिल्ला प्रहरी कार्यालय गरी जम्मा ४६ जना पक्राउ गरिएको पोखरेलले जानकारी दिनुभयो । 

गत आव ०७३/०७४ मा जिल्लाभरिबाट जम्मा २५ जना फरार अभियुक्त पक्राउ गरिएको थियो । बहुविवाह मुद्दामा १६ वर्षदेखि फरार रहेका मेलम्ची नगरपालिका– १२ का गोकुल भट्टराईसहित चालु आवमा जिल्लाकै सबैभन्दा बढी १८ जना फरार अभियुक्त पक्राउ गरिएको छ । 

अदातलबाट फैसला हुन बाँकी तथा विभिन्न अपराधमा संलग्न रहेका दर्जनौँलाई प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । नागरिकता, राहदानी तथा सरकारी छाप कीर्ते मुद्दामा १० वर्षदेखि फरार मेलम्चीका कुमार पाण्डे तथा नागरिकता मुद्दाका अर्का फरार अभियुक्त मेलम्चीका वाङदोर्जे लामालाई समेत मेलम्ची प्रहरीले पक्राउ गर्न सफल भएको छ । 

मेलम्चीका स्थानीय शेरबहादुर माझीले प्रहरीको सक्रियताले फरार अभियुक्त पक्राउ पर्नुका साथै प्रहरीले जनतामा सुरक्षाको प्रत्याभूति दिलाउनसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । 

सिन्धुपाल्चोकमा मानव बेचबिखन, बहुबिवाह, सवारी ज्यान, कीर्ते नागरिकता तथा सार्वजनिक अपराधका कार्यमा बढी संलग्नता हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई