२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा दुई सयबढी महिलाको पाठेघरको क्यान्सर परीक्षण

२०७४, २१ पुष शुक्रबार ०४:४२

पुस २१, सप्तरी । नेपाल परिवार नियोजन संघ, सप्तरीले सन् २०१७ मा २०४ जना बिरामी महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गराएको छ । 

परिवार नियोजन संघ सप्तरी शाखाका प्रबन्धक कुमार गिरीद्वारा उपलब्ध विवरणअनुसार सन् २०१७ मा निःशुल्क स्वास्थ्य उपचार सेवाअन्तर्गत सो संस्थाले २०४ जना महिलाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छन् । 

उहाँका अनुसार यस्ता परीक्षण परिवार नियोजनका लागि राजविराजस्थित कार्यालयमा समेत र संघको जिल्लास्थित अन्य स्थानमा रहेको शाखामा २५ जना महिला समूह बनेपछि एकैपटक परीक्षण भइरहेको जानकारी दिइएको छ । 

यस परीक्षणले पाठेघरमा क्यान्सर लागेको वा नलागेको कुरा पत्ता लगाई क्यान्सरको लक्षण देखा परेमा पीडितलाई परिवार नियोजनको धरान र इटहरी शाखामा पठाइने गरेको संघले जनाएको छ । 

संघले निःशुल्क परिवार नियोजनका अस्थायी साधन एवं निःशुल्क प्रजनन स्वास्थ्य सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण र सुरक्षित गर्भपतन सेवालगायतका अन्य सेवा दिँदै आइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा