Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सप्तरीमा एक बालकसहित दुईजना मृत भेटिए

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस २२, राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा एक बालकसहित दुईजना मृत अवस्थामा फेला परेका छन् ।

सप्तकोशी नगरपालिका–८ स्थित कमलपुरमा एकजना पुरुष आज मृत फेला परेका छन् । नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ४५ वर्षीय पुरुष सो ठाउँमा मृत फेला परेको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

यस्तै, जिल्लाको डाकनेश्वरी नगरपालिका–५ स्थित पश्चिम नहरको छेउमा छ महिने बालक मृत अवस्थामा फेला परेको इप्रका, पातोले जनाएको छ । उक्त बालकको हालसम्म सनाखत हुन नसकेको प्रहरीको भनाइ रहेको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । ती पुरुषको के कारणले कसरी मृत्यु भएको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीद्वारा दाउरा वितरण

यसैबीच, तराईमा चिसो बढेपछि आगो ताप्नका लागि सशस्त्र प्रहरी बल सीमा सुरक्षा एकाइले सर्वसाधारणलाई दाउरा वितरण गरेको आज जनाएको छ ।

सप्तरीको पातोस्थित सशस्त्र प्रहरी बल चेकपोष्टले स्थानीयवासीलाई सहयोग पु¥याउने हेतुले २०० क्विन्टल दाउरा वितरण गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिकाको सहकार्यमा उक्त दाउरा वितरण गरेको बताइएको छ ।

सो नगरपालिकाका विभिन्न स्थानमा २०० क्विन्टल दाउरा वितरण गरिएको हो ।

तराईमा विगत चार÷पाँच दिनदेखि बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि सशस्त्र प्रहरीले दाउरा वितरण शुरु गरेको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले बताउनुभयो । रासस