Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गुल्मीमा प्रहरीद्धारा लागु औषध बिरुद्धको अभियान जारी

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/पुस २७, गुल्मी । जिल्ला प्रहरी कार्यालय, गुल्मीले लागु औषध बिरुद्धको अभियान यहि पौष १ गते देखी जिल्लाका बिभिन्न स्थानहरुमा सञ्चालन गरिरहेको छ ।

यस अभियनमा प्रहरीले  विद्यालय विभिन्न विद्यालयका विद्यार्थाीहरु र  गाउँटोलमा अभिभावक, समाजसेवी, आमासमुह लगायतका समुहहरुलाई लागु औषध दुर्व्यसन विरुद्धमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरेको जनाईएको छ  ।

उक्त कार्यक्रम संचालन अन्तर्गत हालसम्म १७ स्कुलका १९ सय ७० जना बिद्यार्थी र १७ स्थानका ६ सय १५ जना अभिभावकहरुलाई प्रशिक्षण प्रदान गरीएको  जिल्ला प्रहरी कार्यालयद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ  ।

उक्त सचेतनामुलक प्रशिक्षणमा लागु औषधको परिचय, प्रकार, लागु औषध अपराध सम्बन्धी दण्ड सजाय र कानुनि ब्यवस्था, लागु औषध दुर्व्यसनबाट दुर्व्यसनिमा पर्ने असरहरु, दुर्व्यसनमा फस्ने कारणहरु तथा लागु औषध अपराध रोकथाम तथा नियन्त्रणमा परिवार र समाजको भुमिका लगायतका विषय वस्तु समावेश गरिएको बताईएको छ ।

अभियानको मुल उद्देश्य विद्यार्थी तथा अभिभावकहरुलाई लागु औषधको दुरगामी असर बारे जानकारी दिई लागु औषध बाट टाढै रही यस विरुद्धको कारवाहीमा सक्रिय बनाउनु रहेको जिल्ला प्रहरी प्रमुख अनुरागकुमार द्धिवेदीको भनाई रहेको छ ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय गुल्मीले यस अगाडी २०७४ साल भाद्र र आश्विन महिनामा जिल्लाका बिभिन्न स्थानबाट अन्दाजी ५० क्विन्टल गाजा फडानी तथा नष्ट गरी सकेको छ ।

यस लागु औषध बिरुद्धको सचेतना अभियानका संयोजन जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले ग रीरहनु भएको छ । यो अभियान थापाले जारी राखेका छन ।