2026-06-26 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

चित्रसेनकलीप्रति चासो बढ्दै

2018-01-23

वीरेन्द्र कर्ण / माघ ९, वीरगञ्ज  | बाह्र वर्षीया कान्छी ढोई चित्रसेनकलीको सुत्केरी हुने दिन जति जति नजिकिँदै छ , कर्मचारीको उत्साह पनि त्यति त्यति बढ्दै गएको छ । 

प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जमा हात्तीसारमा रहेकी चित्रसेनकली २३ महिनाकी गर्भवती छिन् र उनको सुत्केरी हुने समय माघको अन्तिम या फागुनको पहिलो साता भएकाले उनको सेवा सुश्रुषामा त्यहाँका कर्मचारी अहोरात्र खटिरहेका छन् । 

चित्रसेनकली कहिले ब्याउने हो भनेर व्यग्रताका साथ हात्तीसार कर्मचारी उनको सेवामा कुनै कमी नहोस् भनेर व्यस्त रहेको हात्तीसारका सुब्बा मनपुरण चौधरीले राससलाई बताउनुभयो । 

गर्भवती चित्रसेनकलीलाई कतिबेला सुत्केरी व्यथाले च्याप्ने हो भनेर उनको रेखदेखमा हात्तीसारका तीन कर्मचारी खटिएका छन् । निकुञ्जभित्र रहेका १० हात्तीमध्ये चार हात्ती जंगलभित्र छन् भने छ हात्तीसारभित्र छन् । 

पर्सा राष्ट्रिय निकुञ्जभित्र २०४१ सालमा स्थापित हात्तीसारमा यसअघि भवानीकलीले २०५६ सालमा मृत बच्चा जन्माएपछि त्यस्तो स्थिति चित्रसेनकलीलाई नआओस् भनेर त्यहाँका कर्मचारी सावधानीपूर्वक सेवाटहलमा जुटेका छन् । सुत्केरी व्यथा लागेपछि आमाले हातखुट्टा चलाएर छावालाई मार्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सजगता अपनाउन कर्मचारी तयारी अवस्थामा रहेको निकुञ्ज प्रशासनले जनाएको छ । 

विसं २०७२ चैत दोस्रो सातातिर गर्भवती भएकी चित्रसेनकलीलाई अन्य हात्तीको तुलनामा खानपिन, आराम र सेवाटहलमा विशेष ध्यान दिने गरिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताउनुभयो । सामान्यतः ढोईले गर्भधारण गरेको २० देखि २२ महिनाभित्र छावालाई जन्म दिनुपर्नेमा चित्रसेनकलीले गर्भधारण गरेको २३ महिना लाग्दासमेत सुत्केरी नहुँदा हात्तीसारका कर्मचारी चिन्तित देखिन्छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ