2026-07-25 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा लालपुर्जाविहीन भूकम्पपीडित घर बनाउँदै

युवराज पाण्डे / माघ १०, बनेपा | काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको भूम्लुटार र फँलाटेमा जमिनमा स्वामित्व नभएका भूकम्पपीडितले अनुदान पाएपछि घर बनाउन थालेका छन् । 

अनुदानबाट वञ्चित कोशीपारिको उक्त गाउँपालिकाका लालपुर्जाविहीन भूकम्पपीडितलाई झण्डै दुई वर्षपछि आवास पुनःनिर्माण अनुदान उपलब्ध गराइएको हो । 

भुम्लु गापा वडा नं ७ का ३६५ र वडा नं ८ का ५८९ पीडित परिवारसँग ४३ वर्षदेखि लालपुर्जा नभएको बताइएको छ । ती वडामा १५० घर निर्माणाधीन अवस्थामा छन् । जग्गाधनीले जमिन कर ‘तिरो’ तिरेको तथा अनुगमनकर्ता इन्जिनियरले दिएको निस्साको आधारमा गत कात्तिकमा सरकारले उनीहरुलाई आवास पुनःनिर्माण अनुदान उपलब्ध गराएको थियो । यसअघि लालपुर्जाविहीन भूकम्पपीडितले जमिनमा स्वामित्व नभएको भन्दै अनुदान सम्झौता गर्न पाएका थिएनन् । 

सरकारले लालपूर्जाविहीन पीडितको समस्यालाई ध्यानमा राखेर गत भदौमा आवास पुनःनिर्माणसम्बन्धी कार्यविधि तयार गरेपछि यहाँका करिब एक हजार लालपुर्जाविहीन पीडितले पुनःनिर्माण अनुदान लिएर घर बनाउन पाएका छन् । हाल वडा नं ७ मा ११ तथा वडा नं ८ मा १५ घर बनिसकेका छन् । 

गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले लाभग्राहीको सूचीमा ६७ परिवार छुटेको जानकारी दिनुभयो । उहाँका अनुसार ३८ पीडितको बस्ती जोखिमपूर्ण अवस्थामा रहेकाले गाउँपालिकाभित्रै अन्यत्र स्थानको खोजी भइरहेको बताउनुभयो । भूमि अधिकार मञ्च नेपाल, काभ्रेपलाञ्चोकको पहलमा उनीहरुले घर बनाउन पाएका हुन् । 

जोखिमपूर्ण अवस्थाकी गोमा शिवभक्तिले जोखिमपूर्ण बस्तीका लागि सरकारले छुट्याएको थप रु दुई लाख राहत उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी लालपुर्जाको समस्यामा थियाँै, अब बस्ती जोखिममा रहेकाले सरकारकै राहत कुरेर बसेका छौँ ।” 

भूमि अधिकार मञ्च, काभ्रेपलाञ्चोकका अध्यक्ष रामबहादुर तामाङले भूमिमाथिको अधिकार नैसर्गिक भएकाले नयाँ कार्यविधि निर्माण गरेर भए पनि पीडितलाई पुनःनिर्माण अनुदान उपलब्ध गराउन सफल भएको बताउनुभयो । विसं २०३२ मा नापीका बेला साविक पिपलटार गाविसमा खेतीयोग्य जमिनबारे विवाद भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपुर्जाविहीन बन्न पुगेका थिए । 

पुनःनिर्माण प्राधिकरण धुलिखेलका प्रमुख धु्रव गैडाले जिल्लाका ७५ वर्षभन्दा माथिका सहाराविहीन वृद्धवृद्धा, अपाङ्ग, ६० वर्षभन्दा माथिका एकल महिला र परिवार नभएका १५ वर्षमुनिका बेसहारा बालबालिकाको प्राधिकरणले नै घर बनाइदिन लागेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हाम्रो प्रस्तावलाई पुनःनिर्माण प्राधिकरणले स्वीकृत गरेको छ । अब निर्माण प्रक्रिया शुरु गर्न तथ्याङ्क संकलनको काम गर्दैछौँ ।” पुनःनिर्माण प्राधिकरण, धुलिखेल उपक्षेत्रीय कार्यालयकाअनुसार काभ्रेपलाञ्चोकमा अहिलेसम्म करिब २५ हजार निजी आवास निर्माण भइसेकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक