2026-10-28 06:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा भेटियो अर्को नयाँ वहुरुपी गुफा

प्रेम सुनार/माघ ११, गुल्मी । गुल्मीको वस्तुको विचित्र गुफा भेटिएको केहि वर्ष पछि अहिले गुल्मी फेरी अर्को वहुरुपी गुफा फेला परेको छ । 

सदरमुकाम तम्घासबाट उत्तर करिव ४५ किलो मिटर दुरीमा  पर्ने मालिका गाउँपालिकाको दुनामखोलको तटमा उक्त वहुरुपी गुफा फेला परेको हो । 

मालिका गाउँपालिका वडा नम्वर १ को नेटा र पारी साविकको दर्लिङ्ग गाविसको विचबाट बग्ने दुनामखोलाको तटमा रहेको उक्त गुफालाई  स्थानियले ज्यामिरे गुफा भनेर चिन्छन् । 

सदरमुकाम तम्घासबाट ४२ किलोमिटर नेटा दर्लिङ्ग देउराली सम्म  गाडीमा पुगे पछि त्यहाँबाट करिव ३ किलो मिटर पैदल यात्रा गरेर त्यहाँ पुग्न सकिन्छ । गुफा संरक्षण र पर्यटन विकासको थालनी गर्न अलितल सम्म भर्खर मोटरबाट खन्न सुरु गरिएको छ । 

ठुलै शक्ति पिठ रहेको जनविश्वास 

मालिका वडा नम्वर १ का वडाध्यक्ष देवेन्द्र घर्तिका अनुसार  परापुर्वकालमा त्यहाँ वेद झाँक्रिको वास  स्थान रहेको जनविश्वास छ । त्यस गुफा संग घनघोर वेद वास झाडी छ । 

परापुर्वकालमा  एक जना स्थानियले त्यस झाडीमा पिशाफ फेरे पछि तिनै  स्थानियको अदृश्य शक्तिले दिउँसै  गोठमा बाँधेको गाई  फुकाएर बेपत्ता पारी दिएको थियो । त्यस पछि ति स्थानियले त्यस स्थानमा गई पुजा गरे पछि उक्त गाई प्रकट भएकोले पनि त्यस स्थान शक्तिपिठ भएको जनविश्वास रहेको छ ।  

सुन चाँदीको खानी हुन सक्ने अनुमान 

मानव विकास अघि नै देव देविहरुको वास स्थान जस्तो लाग्ने दुई वेग्ला बेग्लै  गुफाहरु छन भने ति दुवै स्थानमा भित्र भित्रै माथी अर्को  कैलास पर्वत जस्तो लाग्ने विशाल हलमा पुग्न सकिन्छ । एउटा गुफा भित्र सुन जस्तै टल्कीने विभिन्न धार्मिक आकृतिहरु देख्न सकिन्छ भने अर्को गुफा भित्र पुरै चाँदी जस्ता विभिन्न आकृतिले झकमक्क देखिन्छ । 

दुवै गुफाहरु भीत्रको लम्वाई करिव १ किलो मिटर स्थानियले हुनु पर्ने अनुमान गरेका छन भने चौडाई भने कतिपय स्थानमा उभिएर त कतिपय स्थानमा वसी बसी पाईला सारेर अगाडी बढ्न सकिन्छ । ति दुई वटा बाट भित्र भित्रै माथी चढ्ने सुरुङ्गहरुको यात्रा निकै मनोरम लाग्ने गर्दछ । 

सेनाको फाईरिङ्ग रेञ्च जस्तो 

सेनाले  युद्ध गर्र्दां आफुलाई  उताबाट दुस्मनको प्रहार छेक्ने हाड सहितको फाईरिङ्ग रेञ्च, अगाडी पछाडी बढ्ने    जिक ज्याक वाटाहरु र  ठाउँ ठाउँमा आडहरु पनि रहेका छन् ।  त्यसको माथी सयौ मानिसहरु ओत्न सक्ने चट्टानी ओत रहेको छ । तप तपी सितका थोपा चुहीन्छ । जसलाई आकास तर्फ आँ गरेर त्यस पुग्ने युवा युवतीहरुले पिउँदै सेल्फी खिच्ने गर्दछन् । त्यस गुफाहरु वरीपरी देव देविको वास स्थानमा हुने वनस्पतीहरु घनघोर जंगलका रुपमा रहेका छन्  । 

पिकनिक स्पटका लागि उपउक्त थलो 

पिकनिकका दृष्टीले पनि उपयुक्त स्थान रहेको छ । दुनाम खोलाको सफा कलकल बग्ने पानी खाली खोला किनारमा ठुलो मेलाको आयोजना समेत गर्न सकिने आकार्षक वातवरण रहेको छ ।  चारैतिर हेरी रहुँ, रमाई रहुँ जस्तो लाग्ने उक्त गुफा वरपरा समय वितेको पत्तै हुँदैन । युवा युवतीहरु  निकै रमाउने गर्दछन् ।  

स्थानिय शिक्षक रुद्रबहादुर पुनले  सदिऔ देखि  ओझेलमा परेको उक्त गुफा  प्रचार प्रसारमा ल्याई राज्यको ध्यानकृष्ट गराएर संरक्षण गर्ने पर्यटकिय स्थालमा रुपमा विकास गर्न  सञ्चार माध्यम निम्ताएको बताउँ छन् ।

अर्का स्थानियवासी   दुजमान पुनले पनि  त्यस ज्यामिरे गुफाको ऐतिहाँसक महत्व खोज्न  पर्ने, कुनै धातुुको उत्खनन स्थल समेत हुन सक्ने भएकोले विज्ञहरुबाट खोज अनुसन्धान हुनु पर्ने पर्यटकिय स्थानका रुपमा विकास गर्न पर्नेमा जोड दिन्छन् ।  

मेलाको आयोजना गरे स्थानियलाई राम्रो आय श्रोत 

त्यस गुफा भित्रका विभिन्न धार्मिक आकृति देखे पछि  त्यहाँ सत्य युग देखि शक्ति पिठ भएको अनुमान गर्न सकिन्छ । त्यस्तै उक्त स्थान जनजातीहरुको बाहुल्य रहेको र ईतिहाँसमा उनिहरुले विभिन्न धातुका खानीहरु उत्खनन गर्ने भएकोले उक्त स्थान कनुै न कुनै धातुको उत्खनन स्थल भएको समेत अनुमान गर्न सकिन्छ । 

वर्षको एकादुई ठुला चाड पर्वहरुमा त्यस स्थानमा मेलाको आयोजना गर्न सके उता बाग्लुङ्ग र यता गुल्मीका थुप्रै आन्तरिक पर्यटकहरु भित्राउने सकिने र स्थानियको व्यपार व्यसायी समेत बढ्ने भएकाले स्थानिले त्यहाँ आगमी वर्ष देखि त्यस गर्नु पर्नेमा हाम्रो जोड रहेको छ ।  त्यस गुफाको  खोज अनुसन्धान गर्न सरकारी भु–गर्भ विदहरुको समेत ध्यान जान जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला