Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सप्तरी: तीन वटा ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १२, लहान | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमहास्थित सडकमा आज दिउँसो तीन वटा मालबाहक ट्रक एकआपसमा ठोक्किँदा एकजना चालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना४ख ५५६६ ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना२ख ८७३० तथा ना७ख १८३५ नंको ट्रक एकापसमा ठोक्किँदा ट्रक चालक उदयपुर त्रियुगा नगरपालिका–४ का कविराम माझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ ।

सोही दुर्घटनामा परी त्रियुगा नगरपालिका–४ का शैला दनुवार, उहाँकी आमा सञ्जना दनुवार, सोही ठाउँकी रञ्जु माझी र नीरबहादुर माझी घाइते भएका छन् । घाइतेको लहानस्थित सप्तऋषि नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस