Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सप्तरीमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १४, राजविराज | सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ बरहिवीरपुरमा ट्र्याक्टरको ठक्करबाट आज स्थानीयवासी ६५ वर्षीय ठिठर मरिकको मृत्यु भएको छ ।

सदरमुकाम राजविराजदेखि ११ किमी दक्षिण–पश्चिम भित्री सडकखण्डअन्तर्गत बरहिवीरपुरमा को२त ५५२३ नंको ट्र्याक्टरले उहाँलाई ठक्कर दिँदा गम्भीर घाइते भएकामा उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस