2026-11-02 05:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

दुर्लभ पाटेबाघको संख्या दोब्बर हुन सक्ने

माघ १६, वीरगञ्ज | जैविक विविधताले भरिएको प्रदेश नं २ को एकमात्र पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या दोब्बर हुन सक्ने अनुमान निकुञ्ज प्रशासनले गरेको छ । 

सन् २०२० सम्ममा पाटेबाघको संख्या दोब्बर बनाउने सरकारको लक्ष्यअनुरुप पर्सा राष्ट्रिय निकुञ्जमा तेस्रो पटक बाघ गणना शुरु भएपछि पाटेबाघको उपस्थितिका आधारमा यसको संख्या दोब्बर हुन सक्ने अनुमान गरिएको हो । सन् २०१३ को बाघ गणनाअनुसार उक्त निकुञ्जमा पाटेबाघको संख्या सात थियो । 

विगत दुई महिनादेखि शुरु गरिएको पाटेबाघको गणनाअन्तर्गत बाघको गतिविधि, वासस्थानजस्ता ठाउँमा चहलपहल देख्दा बाघको संख्या दोब्बर हुने निकुञ्जका संरक्षण अधिकृत हरिभक्त आचार्यले राससलाई बताउनुभयो । 

बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जभित्र १६७ स्थानमा गरी ३०० स्वचालित क्यामेरा जडान गरिएको छ । बाघको वासस्थान पहिचान गर्न निकुञ्जभित्र सात वटा हात्ती तथा कर्मचारीलाई परिचालन गरिएको र ती कर्मचारीको भनाइअनुसार निकुञ्जभित्र पाटेबाघको उपस्थिति राम्रो रहेकाले यसको संख्या दोब्बर हुने अनुमान गरिएको हो । 

पथलैया–अमलेखगञ्ज–९ किमी सडकखण्डमा सवारी साधन ओहोरदोहोर गर्ने गर्दा बाघको सुरक्षामा चुनौतीसमेत थपिएको छ भने अर्काेतिर पथलैया वरिपरि रहेको उद्योग कलकारखानाबाट निस्कने धुवाँ धुलोका कारण पर्या–पर्यावरणमा नकारात्मक प्रभाव पर्न गई निकुञ्जमाथि थप चुनौती बढ्न गएको बताइएको छ । 

पर्सादेखि पश्चिमको कञ्चनपुरसम्म रहेको आरक्ष तथा निकुञ्ज बाघका लागि उपयुक्त स्थान मानिएको छ । पछिल्लो राष्ट्रिय तथ्यांकअनुसार पर्सामा सात, बाकेमा चार, शुक्लाफाँटामा १७, बर्दियामा ५० तथा चितवनमा १२० वटा बाघ रहेको छ । 

६२७.२९ वर्गकिलोमिटरमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज जैविक विविधता र लोपोन्मुख जनावर चराचुरुङ्गीका लागि प्रख्यात छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द