2026-06-26 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

दुर्लभ पाटेबाघको संख्या दोब्बर हुन सक्ने

2018-01-30

माघ १६, वीरगञ्ज | जैविक विविधताले भरिएको प्रदेश नं २ को एकमात्र पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या दोब्बर हुन सक्ने अनुमान निकुञ्ज प्रशासनले गरेको छ । 

सन् २०२० सम्ममा पाटेबाघको संख्या दोब्बर बनाउने सरकारको लक्ष्यअनुरुप पर्सा राष्ट्रिय निकुञ्जमा तेस्रो पटक बाघ गणना शुरु भएपछि पाटेबाघको उपस्थितिका आधारमा यसको संख्या दोब्बर हुन सक्ने अनुमान गरिएको हो । सन् २०१३ को बाघ गणनाअनुसार उक्त निकुञ्जमा पाटेबाघको संख्या सात थियो । 

विगत दुई महिनादेखि शुरु गरिएको पाटेबाघको गणनाअन्तर्गत बाघको गतिविधि, वासस्थानजस्ता ठाउँमा चहलपहल देख्दा बाघको संख्या दोब्बर हुने निकुञ्जका संरक्षण अधिकृत हरिभक्त आचार्यले राससलाई बताउनुभयो । 

बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जभित्र १६७ स्थानमा गरी ३०० स्वचालित क्यामेरा जडान गरिएको छ । बाघको वासस्थान पहिचान गर्न निकुञ्जभित्र सात वटा हात्ती तथा कर्मचारीलाई परिचालन गरिएको र ती कर्मचारीको भनाइअनुसार निकुञ्जभित्र पाटेबाघको उपस्थिति राम्रो रहेकाले यसको संख्या दोब्बर हुने अनुमान गरिएको हो । 

पथलैया–अमलेखगञ्ज–९ किमी सडकखण्डमा सवारी साधन ओहोरदोहोर गर्ने गर्दा बाघको सुरक्षामा चुनौतीसमेत थपिएको छ भने अर्काेतिर पथलैया वरिपरि रहेको उद्योग कलकारखानाबाट निस्कने धुवाँ धुलोका कारण पर्या–पर्यावरणमा नकारात्मक प्रभाव पर्न गई निकुञ्जमाथि थप चुनौती बढ्न गएको बताइएको छ । 

पर्सादेखि पश्चिमको कञ्चनपुरसम्म रहेको आरक्ष तथा निकुञ्ज बाघका लागि उपयुक्त स्थान मानिएको छ । पछिल्लो राष्ट्रिय तथ्यांकअनुसार पर्सामा सात, बाकेमा चार, शुक्लाफाँटामा १७, बर्दियामा ५० तथा चितवनमा १२० वटा बाघ रहेको छ । 

६२७.२९ वर्गकिलोमिटरमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज जैविक विविधता र लोपोन्मुख जनावर चराचुरुङ्गीका लागि प्रख्यात छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ