2026-07-25 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

चारकोशे झाडीभित्र कखरा सिक्दै कलिला नानीहरु

वीरेन्द्र कर्ण / माघ १७, वीरगञ्ज | कठ्यांग्रिँदो जाडो, हुस्सु र अत्यधिक चिसोमा चारकोशे झाडीभित्र कखरा सिक्दै ७० जना दलित बालबालिका अभाव पीडामा आफ्नो उज्ज्वल भविष्य कोर्दै छन् । 

जीतपुर सिमरा उपमहानगरपालिका–१७ मा रहेको सहजनाथ साझेदारी वन क्षेत्रको चारकोशे झाडीभित्र रहेको नेपाल दलित प्राथमिक विद्यालय टाढाबाट हेर्दा गाईगोठजस्तो देखिन्छ । खरले छाएको छाप्रो, बाँसले बनेको सो विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीमध्ये सात वर्षीय राहुल पाशवान भविष्यमा चिकित्सक बन्ने लक्ष्य लिएर कक्षा २ मा पढ्दै आएका छन् । 

कक्षा १ देखि ४ सम्म अध्ययन अध्यापन हुने सो विद्यालयका सबै विद्यार्थी एउटै कक्षा कोठामा पढ्ने गर्दछन् । दलित तथा सुकुम्बासी परिवारका उनीहरु कखरा सिक्दै आफ्नो उज्ज्वल भविष्य कोरी रहेको विद्यालयकी प्रधानाध्यापिका लक्ष्मी चौधरीको भनाइ छ । 

जिल्ला शिक्षा कार्यालय बाराले विद्यालय सञ्चालनका लागि अध्ययन नै नगरी २०६६ सालमा विद्यालय सञ्चालनको लागि अनुमति दिएको हो । चारकोशे झाडीभित्र सञ्चालनमा रहेको सो विद्यालयमा टेबुल कुर्सीलगायतका फर्निचर नभएकाले बालबालिका घरबाटै ल्याएको बोरा र सुकुलको साहारामा पढ्न बाध्य रहेको विद्यालयकी अर्का शिक्षिका कलपतियादेवी रामको गुनासो छ । 

कक्षा १० सम्म अध्ययन गर्नुभएकी प्रधानाध्यापिका लक्ष्मी चौधरीले जिल्ला शिक्षा कार्यालयबाट बाल विकास अनुदान शीर्षकमा आउने रु छ हजार महिनामा काम गर्दै आउनुभएको छ । डेक्स, बेञ्च कालोपाटीलगायतका पूर्वाधारको अभावमा सञ्चालनमा रहेको सो विद्यालय भगवान्को भरमा चलिरहेको स्थानीयबासी बताउँछन् । 

जिल्ला शिक्षा अधिकारीले विद्यालयको भौतिक पूर्वाधार बढाउन चासो नदेखाएको भन्दै जितपुर सिमरा उपमहानगरपालिका–१७ का वडाध्यक्ष नवराज खड्का आक्रोश पोख्दै भन्नुभयो–‘‘शिक्षा कार्यालयले ध्यान नदिँदा विद्यालयको अवस्था जीर्ण बन्दै गएको छ ।’’ 

यस विषयमा जिल्ला शिक्षा अधिकारी लालबाबु साहले यस्तो समस्या जिल्लामा धेरै विद्यालयको भएकाले अब आउने स्थानीय सरकारले समाधान गर्ने बताउनुभयो । प्रधानाध्यापक चौधरी नभएको बेला शिक्षिका कलपतियादेवी रामले नै विद्यार्थीलाई कखरा सिकाउने गर्नुहुन्छ । उहाँको तलब मासिक रु चार हजार रहेको छ । 

वन क्षेत्रमा सरकारले लगानी गरेर विद्यालय बनाउन नमिल्ने भएपछि सो विद्यालयको अवस्था दिन प्रतिदिन जीर्ण हुदैँ गएको छ । डुबरवाना स्रोत केन्द्रअन्तर्गत रहेको सो विद्यालयको स्तरोन्नति नगरिए थुपै्र बालबालिकाको भविष्य अन्यौलमा रहनेछ । 

जंगलको बाटो, बीचमा खोला तर्नुपर्ने तथा जंगली जनावरको त्रासजस्ता जोखिम उठाएर अध्ययन गर्न जानुपर्ने बाध्यताको कारण कतिपय अभिभावकले आफ्ना बालबालिकालाई पढाइ छोडाएर काममा लगाउने गरेका छन् । 

शान्ति प्रक्रियाको क्रममा जिल्लाको विभिन्न ठाउँबाट आएका सुकुम्बासीले खाली स्थान अतिक्रमण गरी बस्दै आएको र उनीहरुको बालबालिका पनि पढ्न सकून् भनेर जिल्ला शिक्षा कार्यालयले अनुमति दिएपछि उक्त विद्यालय सञ्चालनमा आएको हो । मटियाही गाउँको नामले परिचित सुकुम्बासी बस्तीका दलित बालबालिका पढ्ने सो विद्यालयको अवस्थामा सुधार ल्याउनुपर्ने माग मटियाहीवासीको छ |रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक