2026-11-02 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

चारकोशे झाडीभित्र कखरा सिक्दै कलिला नानीहरु

वीरेन्द्र कर्ण / माघ १७, वीरगञ्ज | कठ्यांग्रिँदो जाडो, हुस्सु र अत्यधिक चिसोमा चारकोशे झाडीभित्र कखरा सिक्दै ७० जना दलित बालबालिका अभाव पीडामा आफ्नो उज्ज्वल भविष्य कोर्दै छन् । 

जीतपुर सिमरा उपमहानगरपालिका–१७ मा रहेको सहजनाथ साझेदारी वन क्षेत्रको चारकोशे झाडीभित्र रहेको नेपाल दलित प्राथमिक विद्यालय टाढाबाट हेर्दा गाईगोठजस्तो देखिन्छ । खरले छाएको छाप्रो, बाँसले बनेको सो विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीमध्ये सात वर्षीय राहुल पाशवान भविष्यमा चिकित्सक बन्ने लक्ष्य लिएर कक्षा २ मा पढ्दै आएका छन् । 

कक्षा १ देखि ४ सम्म अध्ययन अध्यापन हुने सो विद्यालयका सबै विद्यार्थी एउटै कक्षा कोठामा पढ्ने गर्दछन् । दलित तथा सुकुम्बासी परिवारका उनीहरु कखरा सिक्दै आफ्नो उज्ज्वल भविष्य कोरी रहेको विद्यालयकी प्रधानाध्यापिका लक्ष्मी चौधरीको भनाइ छ । 

जिल्ला शिक्षा कार्यालय बाराले विद्यालय सञ्चालनका लागि अध्ययन नै नगरी २०६६ सालमा विद्यालय सञ्चालनको लागि अनुमति दिएको हो । चारकोशे झाडीभित्र सञ्चालनमा रहेको सो विद्यालयमा टेबुल कुर्सीलगायतका फर्निचर नभएकाले बालबालिका घरबाटै ल्याएको बोरा र सुकुलको साहारामा पढ्न बाध्य रहेको विद्यालयकी अर्का शिक्षिका कलपतियादेवी रामको गुनासो छ । 

कक्षा १० सम्म अध्ययन गर्नुभएकी प्रधानाध्यापिका लक्ष्मी चौधरीले जिल्ला शिक्षा कार्यालयबाट बाल विकास अनुदान शीर्षकमा आउने रु छ हजार महिनामा काम गर्दै आउनुभएको छ । डेक्स, बेञ्च कालोपाटीलगायतका पूर्वाधारको अभावमा सञ्चालनमा रहेको सो विद्यालय भगवान्को भरमा चलिरहेको स्थानीयबासी बताउँछन् । 

जिल्ला शिक्षा अधिकारीले विद्यालयको भौतिक पूर्वाधार बढाउन चासो नदेखाएको भन्दै जितपुर सिमरा उपमहानगरपालिका–१७ का वडाध्यक्ष नवराज खड्का आक्रोश पोख्दै भन्नुभयो–‘‘शिक्षा कार्यालयले ध्यान नदिँदा विद्यालयको अवस्था जीर्ण बन्दै गएको छ ।’’ 

यस विषयमा जिल्ला शिक्षा अधिकारी लालबाबु साहले यस्तो समस्या जिल्लामा धेरै विद्यालयको भएकाले अब आउने स्थानीय सरकारले समाधान गर्ने बताउनुभयो । प्रधानाध्यापक चौधरी नभएको बेला शिक्षिका कलपतियादेवी रामले नै विद्यार्थीलाई कखरा सिकाउने गर्नुहुन्छ । उहाँको तलब मासिक रु चार हजार रहेको छ । 

वन क्षेत्रमा सरकारले लगानी गरेर विद्यालय बनाउन नमिल्ने भएपछि सो विद्यालयको अवस्था दिन प्रतिदिन जीर्ण हुदैँ गएको छ । डुबरवाना स्रोत केन्द्रअन्तर्गत रहेको सो विद्यालयको स्तरोन्नति नगरिए थुपै्र बालबालिकाको भविष्य अन्यौलमा रहनेछ । 

जंगलको बाटो, बीचमा खोला तर्नुपर्ने तथा जंगली जनावरको त्रासजस्ता जोखिम उठाएर अध्ययन गर्न जानुपर्ने बाध्यताको कारण कतिपय अभिभावकले आफ्ना बालबालिकालाई पढाइ छोडाएर काममा लगाउने गरेका छन् । 

शान्ति प्रक्रियाको क्रममा जिल्लाको विभिन्न ठाउँबाट आएका सुकुम्बासीले खाली स्थान अतिक्रमण गरी बस्दै आएको र उनीहरुको बालबालिका पनि पढ्न सकून् भनेर जिल्ला शिक्षा कार्यालयले अनुमति दिएपछि उक्त विद्यालय सञ्चालनमा आएको हो । मटियाही गाउँको नामले परिचित सुकुम्बासी बस्तीका दलित बालबालिका पढ्ने सो विद्यालयको अवस्थामा सुधार ल्याउनुपर्ने माग मटियाहीवासीको छ |रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द