2026-09-12 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको विरोध

माघ १८, राजविराज | महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको यहाँ विरोध गरिएको छ । 

नेपाल प्राध्यापक संघ मविब क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीको बृहत् बैठकमा वक्ताले उक्त निर्णय नसच्याइए प्राध्यापक तथा कर्मचारीले आन्दोलन थाल्ने चेतावनी दिएका छन् । 

नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस र राजविराजको मा.वि क्याम्पसलाई गाभिएको छ । 

उक्त निर्णयको बिरोधमा राजविराजको मविब क्याम्पसका प्राध्यापक तथा कर्मचारीले विरोध जनाएको क्याम्पसले जनाएको छ । 

मविब क्याम्पस प्रमुख सर्वेशचन्द्र मिश्रले क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभिए त्रिविअन्तर्गतको आंगिक क्याम्पसका प्राध्यापक, विद्यार्थीमा भयको वातावरण सिर्जना हुने बताउनुभएको छ । 

प्राध्यापक, कर्मचारीको तलबदेखि पेन्सनसमेत प्रभावित हुने र विद्यार्थीको सर्टिफिकेटसमेतमा प्रभावित हुने उहाँले बताउनुभयो । 

बैठकमा सहायक क्याम्पस प्रमुख मिथिलेश यादवले राजर्षि जनक विश्वविद्यालय प्रदेश नं २ मा स्थापना भएकोप्रति स्वागतयोग्य भएको भन्दै सो विश्वविद्यालयमा नयाँ क्याम्पसलाई आबद्धता गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले मविब क्याम्पस राजविराज स्थापनाकालदेखि नै त्रिविमा रहेकाले यसलाई त्रिविमै यथावत् राख्न मागसमेत गर्नुभयो । 

यस्तै नेपाल आंशिक प्राध्यापक संघका सभापति रन्धिर कुमार कर्णले राजर्षि जनक विश्वविद्यालयमा मविब क्याम्पस राजविराज गाभिएमा क्याम्पसका अस्थायी, करार, आंशिक शिक्षक र कर्मचारी स्वतः खारेज हुने उल्लेख भएकाले यस्ता कदमको विरोध गर्नुभयो । त्रिविमै क्याम्पसलाई यथावत् राख्न सरकारसँग माग गर्नुभयो । सोही बैठकमा त्रिवि कर्मचारी संघका केन्द्रीय प्रतिनिधि चन्देश्वर यादवले क्याम्पसलाई गाभ्ने निर्णय दुर्भाग्यपूर्ण रहेको भन्दै निर्णय यथाशीघ्र नसच्याइए आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो । 

बैठकमा नेपाल प्राध्यापक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ, प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, मधेशवादी प्राध्यापक संघ, आंशिक शिक्षक संघ र त्रिवि कर्मचारी संघले उक्त निर्णयको विरोधमा ऐक्यबद्धता जनाएका छन् । हाल यस क्याम्पसमा स्थायी, निजी, करार र आंशिक गरी १२१ प्राध्यापक र ४१ कर्मचारी कार्यरत छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन