2026-09-12 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा गर्भवती तथा सुत्केरीले निःशुल्क सेवा पाउनुपर्ने माग

माघ २६, राजविराज | स्वास्थ्य सेवाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाले निःशुल्क सेवा पाउनुपर्ने पाँचसूत्रीय माग राख्दै जनस्वास्थ्य कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाइएको छ । 

स्वास्थ्य अधिकार तथा सूर्तीजन्य नियन्त्रण जिल्ला सञ्जाल, सप्तरीका संयोजक पार्थो सरकारको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानबहादुर बस्नेतलाई गर्भवती तथा सुत्केरी महिलाले पाउनुपर्ने निःशुल्क स्वास्थ्य सेवा सुविधा पाउन नसकेकाले आवश्यक व्यवस्था गर्नुपर्ने, आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भावस्थामा तोकिएको मितिमा चार पटक गर्भ जाँच गराएबापत पाउनुपर्ने रु ४०० तथा सुत्केरी गराउन सरकारी स्वास्थ्य संस्थामा गएबापत पाउनुपर्ने यातायात खर्च कुनै अवरोधबिना समयमा पाउनुपर्ने मागसमेत गरिएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन सशक्त बनाउनुपर्ने, राजविराज नगरपालिका क्षेत्रमा प्रभावकारी रुपमा लामखुट्टे नियन्त्रण, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालबाट पाउने निःशुल्क औषधि वितरण प्रभावकारी नभएको र सप्तरी जिल्लाको अधिकांश स्वास्थ्य चौकीमा वडापत्र नरहेको भन्दै नियमित सुधार हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । 

बिपी विचार समाजका अध्यक्ष रामकुमार यादव, एकल महिला समूहकी अध्यक्ष अनिता देवकोटा, ग्रिन नेपालका अध्यक्ष खेलानन्दकुमार दास, शिक्षा यूनेस्को केन्द्रका अध्यक्ष रमेशप्रसाद शाह, जिल्ला मतदाता अधिकार मञ्चका सचिव सीता प्रसाद यादवसहितका उपस्थितमा जिल्ला जनस्वास्थ्य कार्यालय पुगेर ज्ञापनपत्र बुझाइएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन