2026-09-02 01:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्युठान र गुल्मी घर भएका दुई युवतीको उद्दार, तीन विचौलीया प्रक्राउ दुई फरार

माधव बेल्वासे | माघ २८, कपिलवस्तु | प्युठान र गुल्मी घर भएका दुई युवतीलाइ सिमानाका कृष्णनगरवाट उद्धार गरिएको छ । मानव बेचविखनमा संलग्न भएको आरोपमा ३ जना विचौलीयालाई विभिन्न स्थानवाट प्रक्राउ गरी कारवाही सुरु गरिएको छ ।

युवतीलाई मासिक ४० हजार तलव पाइने प्रलोभन देखाई कुबेत पठाउने बाहाना गरि भारत तर्फ लैजादै गर्दा शान्ति पुनस्थापना गृह नेपाल कृष्णनगर र सानोहात संस्थाको सहयोगमा इलाका प्रहरी कार्यालय कृष्णनगरले उद्दार गरेको हो ।

ति युवतीलाई विदेश पठाउन विभिन्न भुमिका खेलेका ३ जनालाई प्रहरीले विभिन्न स्थानवाट नियन्त्रणमा लिएको छ भने २ जना आरोपित फरार रहेका छन ।  

मानवबेचविखनमा संलग्न भएको आरोपमा कपिलवस्तु शिवराज नपा ३ घर भई हाल काठमान्डौ नया बसपार्कमा स्वर्गद्धारी लुम्बिनी गेष्टहाउस संचालक रोशन भनिने २७ वर्षीय डोर बहादुर विक ,फरार भएका छन भने सोहि होटलका अर्का संचालक शेर वहादुर र शेर बहादुर रसाइली की पत्नी ३५वर्षीया मुना रसायलीलाई शिवराज नपा ३ आफ्नैघरवाट माघ २५गते प्रहरीले गिरफ्तार गरेको हो । ज्वोती सुनारलाई नेपालगन्जवाट २६गते नै गिरफ्तार गरि कपिलवस्तु ल्याएको हो ।  उक्त युवतीलाई भारत सम्म पठाउन जिम्मा पाएकी रुपन्देही घर भएकी सपना र काठमान्डौको स्वर्गद्धारी लुम्बिनी होटलका संचालक  डोर वहादुर बि क  भने फरार रहेका छन । 

उद्दार गरिएका युवतीहरुलाई शान्ति पुनस्थापना गृह कृष्णनगर र सोनोहात संस्थाले आफ्नै सुरक्षित गृहमा राखेको र उनीहरुलाई शिपमुलक तालिम दिई सक्षम बनाउने पहल भएको पिआरसी नेपाल कृष्णनगरका संयोजक भुमिराज भट्टराईले जानकारी दिएका  छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली