Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सप्तरीको शम्भुनाथ मन्दिरमा दर्शनार्थीको भीड

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १, सप्तरी | हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा जिल्लाका शिवालयमा आज बिहानैदेखि हिन्दूधर्मालम्बीको भीड लागेको छ ।

शम्भुनाथ नगरपालिकास्थित ऐतिहासिक एवं पुरातात्विक महत्वको शम्भुनाथ महादेव मन्दिरमा पनिआज बिहानैदेखि पूजार्चनाका लागि भीड लागेको छ । आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुरो, मिष्ठान्न तथा फलफूलसहित रंगीचंगी लुगा लगाई महिला, पुरुष, बालबालिका र वृद्धवृद्धा शम्भुनाथ मन्दिरमा दर्शनका लागि लामबद्ध छन् ।

विभिन्न ध्वजापताकाले सिँगारिएको सो मन्दिरमा दर्शनका लागि सप्तरी, सिरहा तथा भारतको विहार राज्यका सुपौल र मधुवनी जिल्लालगायत शहरी तथा ग्रामीण क्षेत्रका धर्मावलम्बी आज बिहानै सहभागी भएका छन्् ।

त्यस्तै राजविराज नगरपालिका– १ मा रहेको शिव मन्दिर, महदेवा गाउँपालिकास्थित शिव मन्दिर, हनुमानगर कंकालनी नगरपालिका – २ मा रहेको महादेव मन्दिर तथा कञ्चनरुप नगरपालिकाको बलुवामा रहेको शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ | रासस