2026-09-12 11:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

बाल सञ्जालका १४ बुँदे माग, पुरा नभए आन्दोलनमा जाने

फागुन ३, राजविराज | पटक पटक माग सम्बोधनका लागि दबाब दिएपनि राजविराज नगर बाल सञ्जालले आफूहरुले राखेको १४ बुँदे माग अविलम्ब सम्बोधन नगरे आफूहरु आन्दोलनमा जाने बताएका छन् । 

सञ्जालले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुका माग १० दिनभित्र सम्बोधन गर्न माग गरेका हुन् । 

सञ्जालका अध्यक्ष जकाउल्लाहले कुनै पनि बन्द हड्तालमा विद्यालय बन्द नहुनुपर्ने, देशैभरिका शिक्षकको प्रमाणपत्र जाँच हुनुपर्ने र नक्कली पाएमा कार्वाही हुनुपर्ने, कक्षा १२ सम्मका रजिस्ट्रेशन फर्म, परीक्षा फर्म र प्राक्टिकल फर्म निःशुल्क हुनुपर्ने, एक कक्षा उत्तीर्ण गरी अर्को कक्षामा जानका लागि पुनः भर्नाको शुल्क नहुनुपर्ने सञ्जालको माग रहेको बताउनुभयो । 

हरेक सरकारी विद्यालयमा वैशाख २५ गतेभित्र किताब पुर्याउनुपर्ने, सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने, विद्यालयबाट टाढा रहेका बालबालिकालाई विद्यालयमा ल्याउन पहल गर्नुपर्ने, पठनपाठन र पाठ्यपुस्तकको विषयमा नियमित अनुगमन एवम् व्यवस्थापन हुनुपर्ने माग सञ्जालले अघि सारेको छ । 

निजी कम्पनीले विद्यालयमा आफ्नो किताब लगाउने नाममा भइरहेको चलखेलबारे जाँच तथा कार्वाही हुनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालयसरह सेवासुविधा उपलब्ध गराउनुपर्ने, चाडपर्वको बीचमा परीक्षा सञ्चालन नगर्नुपर्ने र किताबको मनपरी मूल्यसूची राख्ने प्रवृत्ति अन्त्य गरी उचित मूल्य निर्धारण हुनुपर्ने माग सञ्जालले अघि सारेको पत्रकार सम्मेलनमा अध्यक्ष जकाउल्लाहले जानकारी दिनुभयो । 

आफूहरुले विगतमा १४ बुँदे माग राख्दै रिले अनशनसमेत गरेको तथा प्रजिअमार्फत जेठ २५ गते प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापन पत्र पठाउँदा पनि सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । 

आन्दोलनका क्रममा शिक्षा अधिकारी दोलराज पाण्डे, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले समेत मागहरु पूरा गराउन पहल गर्ने प्रतिबद्धता गरेपनि हालसम्म पूरा नभएकाले १० दिने अल्टिमेटमसहित आफूहरुले सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गरेको पत्रकार सम्मेलनमा सहभागी बाल क्लबका पदाधिकारीहरुले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन