2026-11-02 04:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

जीर्ण काठका विद्युतीय पोल विस्थापित

फागुन ४, बनेपा | काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका तथा गाउँपालिकामा वर्षौदेखि जीर्ण अवस्थामा रहेका काठको विद्युतीय पोल विस्थापन भएका छन् । 

जिल्लाको नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिकालगायतका स्थानमा विद्युत् चुहावट रोक्नाका साथै दिगो र सुरक्षित बनाउन विद्युत्को फलामे पोल खडा गरिएको नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिनुभयो । 

अहिलेसम्म करिब तीन हजार २०० नयाँ फलामे पोल खडा गरिएको छ । अझै पनि दुर्गम क्षेत्रमा मागअनुसार पोल उपलब्ध गराउन नसकेको यादवको भनाइ छ । जीर्ण अवस्थामा रहेका काठका पोलले विद्युत् लाइन पनि नियमित नभएको र विभिन्न दुर्घटनाको सम्भावना रहेकाले ग्रामीण क्षेत्रका सबै जीर्ण विद्युतीय पोल हटाइने उहाँले बताउनुभयो । 

यसैबीच मण्डनदेउपुर नगरपालिकाले पुस मसान्तसम्मको विद्युत्को बक्यौता रकम भुक्तानी नगरे वा हुक लगाई विद्युत् चोरी गरे कानून बमोजिम कारबाही गर्नाका साथै नगरपालिका र वडाबाट प्राप्त हुने सेवा तथा सुविधामा रोक लगाइने भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत भीमकान्त शर्माले वडा कार्यालयलाई जानकारीपत्र पठाउँदै विद्युत् लाइन नियमित गर्न सुधार गर्नुपर्ने काम गर्ने, नयाँ ट्रान्सफर्मर राख्नेलगायतका काम गर्नसमेत अनुरोध गरिएको छ । 

वितरण केन्द्रका प्रमुख यादवले अन्य विभिन्न नगरपालिका तथा गाउँपालिकाले पनि विद्युत् चुहावट रोक्न नगरपालिकाबाट नागरिकले पाउने सुविधा कटौती गर्न सम्बन्धित वडा कार्यालयमा पत्राचार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनचेतनाको कमीले अपराध गरेको देखियो, यसको अन्त्य जरुरी छ र यसबाट सरकारलाई राजश्वमा घाटा लागेको छ ।”रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द