2026-09-14 05:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा तामाका भाँडा बनाउने पेशा लोप हुँदै

कृष्ण दर्नाल / फागुन ६, पाल्पा | पाल्पा जिल्लाको ग्रामीण तथा शहरी क्षेत्रमा तामाका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ । 

मेसिनद्वारा उत्पादित भाँडाको प्रयोगले तामाका वस्तुले बजार पाउन छाडेपछि परम्परागतरूपमा निर्माण हुँदै आएका तामाका गाग्री, ताउला, अगरा, थाललगायतका सामग्रीको उत्पादन हुन छाडेको हो । 

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–८ बगनासका प्रेमसिंह विश्वकर्माका अनुसार पहिला गाउँमा सबैले तामाका भाँडा बनाउने गरे पनि अहिले तामाका भाँडा बनाउने मानिस नै भेटाउन मुस्किल छ । तामा महँगो हुनु, कच्चापदार्थ, कोइला लगायतका सामान र कामदारको अभावका कारण पछिल्ला वर्षमा परम्परागतरूपले तामाका भाँडा बनाउन कठिन हुँदै आएको छ । 

पाल्पाको बगनासमा ५० घरपरिवारको मुख्य पेशाका रुपमा रहेको तामाका भाँडा बनाउने आरन अहिले देख्नै मुस्किल भएपनि स्थानीय बासिन्दा प्रेमसिंहले मात्र अहिले एक्लै पेशा धान्दै आउनुभएको छ । पछिल्ला वर्ष सबैले यो पेशा छोडको स्थानीय बासिन्दा मनरुपा विश्वकर्माको भनाइ छ । पाल्पा जिल्लाको खालीवन, गल्धा, हुमिन, देवीनगर, झडेवा, रुप्से, कसेनी, यम्घा, चापपानी बगनास, खस्यौली, छहरा लगायतका स्थानमा तामाका भाँडा बनाउने गरे पनि पछिल्ला दश वर्षमा यस्ता भाँडा बनाउने आरनसमेत लोप हुँदै गएको दलित अधिकारका लागि साझा अभियानका जिल्ला अध्यक्ष विष्णु नेपाली बताउनुहुन्छ । 

सरकारले दलित समुदायका पुख्र्यौली सीपलाई आधुनिकीकरण गर्न बेवास्ता गर्दा दलित समुदाय यो पेशाबाट विस्थापित हुन बाध्य भए । तामाका भाँडामा पानी राखेर पिउँदा स्वास्थ्यलाई लाभ हुने भएकाले कतिपयले अझैपनि तामाको भाँडा प्रयोग गर्दै आए पनि पछिल्ला वर्ष सस्तो र हलुङ्गो हुने प्लाष्टिक लगायतका अन्य भाँडाका कारण यसको प्रयोग घटदै आएको हो । 

तामा भाडा बनाउन श्रमको बढी प्रयोग हुने भएकाले नयाँ पुस्ता पलायन हुँदै मजदुरीका लागि शहर तथा छिमेकी मुलुक भारतमा जानसमेत बाध्य भएका अधिकारकर्मी नेपाली उल्लेख गर्नुहुन्छ । 

विश्वकर्मा समुदायको प्रमुख पेशाका रुपमा रहेको यो पेशाबाट अहिले सिङ्गो समुदाय नै विस्थापित हुन बाध्य छ तर स्थानीय सरकारले दलित समुदायका परम्परात पेशालाई संरक्षण गर्नका लागि नयाँ कार्यक्रम ल्याउन आवश्यक भएको अर्का दलित अधिकारकर्मी खुमबहादुर विश्वकर्माको भनाइ छ । उहाँका अनुसार तामा, पित्तल, गिल्टी लगायतका भाँडा बनाउने आरनलाई व्यावसायिक बनाउन स्थानीय तहबाट पहल भए यस पेशाबाट सयौँ युवालाई रोजगार दिन सकिने सम्भावना छ तर सरकारको बेवास्ताका कारण दलित समुदायको यो पेशा लोप हुन लागेको हो । 

विवाहमा गाग्री ताउला दाइजो दिने परम्परा हटदै आएको र घरमा पानीका धारा जडान गरेपछि तामाका गाग्रीको उपयोग घटेको छ भने बिजुलीको तारका लागि तामा प्रयोग हुने भएकाले महँगो मूल्यमा कच्चा पदार्थ खरिद गर्नुपर्छ भने विक्री भने घटदै आएको स्थानीय प्रेमसिंह विश्वकर्माको भनाइ छ । 

सरकारले दलित समुदायको सशक्तीकरणका लागि स्थानीय निकायबाट बजेटको व्यवस्था गरेपनी यस्ता पुख्र्यौली पेशा संरक्षणमा ध्यान नदिएको यहाँका बुढापाकाको गुनासो छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ