पढ्न करिब 2 मिनेट लाग्छ

प्रेम सुनार/फागुन ७, गुल्मी । नेपाल सरकार, सुचना विभागको आयोजनामा देशका सात वटै प्रदेशमा सुरु गरिएको आधारभुत पत्रकारिता तालिम गुल्मीमा आज सम्पन्न भएको छ ।

सुचना विभागका अलवा युएसएड नेपाल संस्था अन्तरगत एकिकत समाज विकास नेपालको सह–आयोजना र नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा फाल्गुन–३ गतेबाट सुरु भएको पत्रकारिता तालिम आज जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यतामा समापन परिएको हो ।

सुचना विभागका महानिर्देशक विरबहादुर राइले उद्घाटन गरेको पत्रकारिता तालिममा सहभागि ३० जना प्रशिक्षार्थीहरुलाइ समापन कार्यक्रमका प्रमुख अतिथी पराजुली लगायतका अतिथीहरुले प्रमाण पत्र प्रदान गरेका थिए ।

सहभागिहरुलाई सम्वोधन गर्दै प्रमुख अतिथी पराजुलीले देश सक्रमण कालिन अवस्थामा रहेकोले नगरात्मक र निरासाजनक भन्दा सकरात्मक र उत्साह दिने खालको विषय वस्तु उठान गर्नु पर्ने सुझाव दिएका थिए ।

उनले ५ नम्वर प्रदेश स्तरिय पत्रकारिता तालिम यस प्रदेशका यतिाका जिल्ल्ला मध्ये गुल्मीलाई छनौट गरिएको प्रति आयोजक संस्थालाई जिल्लावासीको तर्फबाट धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा विशेष अतिथी रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकत मुक्तिराम गैरे , प्रमुख प्रशिक्षक एवं गोरखापत्र दैनिकका वरिष्ठ पत्रकार तोया गौतम, जिल्ला युवा समितिका अध्यक्ष राजेन्द्रविक्रम कुँवर र पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघका केन्द्रिय सभासद प्रेम सुनारले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै सहभागिको तर्फबाट नविन अर्यालले तालिमको प्रभावकारितावारे प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिल खत्रीको विशेष अतिथ्यता रहेको थियो ।

पत्रकारिता तालिमको सहजिकरणमा महत्वपुर्ण भुमिका खेलेको भन्दै आयोजनक संस्थाले नेपाल पत्रकार महासंघ गुल्मीलाई प्रशंसा पत्र प्रदान गरेको थियो । प्रशंसा पत्र ग्रहण गर्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिल खत्रीले धन्यवाद व्यक्त गरेका थिए ।

एकिकत समाज विकास नेपालका कार्यकारी निर्देशक दिपक कार्कीको अध्यक्षतामा युएसएड नेपालकी कार्यक्रम अधिकृत सविता भट्टराईको स्वागत मन्तव्य र नेपाल पत्रकार महासंघकी ५ नम्वर प्रदेश सभासद सञ्जिवनी अर्यालको सञ्चालन रहेको थियो ।