फागुन ८, भक्तपुर | मध्यपुरथिमिको चारदोबाटोमा झोलाभित्र राखेको विस्फोटक पदार्थलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।

दिउँसो ३ बजे साझा पेट्रोल पम्प नजिकै रूखको फेदमा झोलाभित्र विस्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको टोलीलाई बोलाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

मानिसहरुको बाक्लो आवत–जावत हुने क्षेत्रमा विस्फोटक पदार्थ भेटिएपछि ६ लेन सडकको काठमाडाँैबाट भक्तपुरतर्फ जाने सडक बन्द गराएर आवत–जावतमा समेत रोक लगाएको थियो । सेनाको पहिलो टोलीले डिस्फोज गर्न नसकेपछि बम निष्क्रिय टोली आएर बम निष्क्रिय गरेको प्रहरीले जानकारी दिएको छ । रासस

February 20, 2018
भक्तपुर - BKT, समाज
थिमिमा विस्फोटक पदार्थ सेनाद्वारा निष्क्रिय
By kit
2 मिनेट पढाइ