2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पुनःनिर्माण प्राधिकरण काभ्रेले भूकम्पसम्बन्धी प्रदर्शनी गर्ने

फागुन  १५, काभ्रे | राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काभ्रेले भूकम्पसम्बन्धी जिल्लास्तरीय रुपमा प्रदर्शनी गर्ने भएको छ । 

विशेष गरेर भूकम्पपछि कस्ता घर बनाउनुपर्छ र जिल्लाको स्थिति के छ भन्ने विषयमा प्राधिकरणले प्रदर्शनी गर्ने भएको हो । पुनःनिर्माण प्राधिकरण, एनआरए र भूकम्पसम्बन्धी काम गर्ने विभिन्न गैरसरकारी संस्थाको समीक्षा बैठकका क्रममा प्राधिकरणले सो निर्णय गरेको हो । 

पुनःनिर्माणसम्बन्धी जानकारी सबैलाई थाहा नभएकाले प्रदर्शनीको आयोजनाका विषयमा प्राधिकरण लागि परेको प्राधिकरण काभ्रेका प्रमुख धु्रव गैंडाले बताउनुभयो । 

प्रदर्शनी कहिले गर्ने भन्ने निर्णय भने प्राधिकरणले अहिलेसम्म गरेको छैन । सकेसम्म महोत्सवको अवसर पारेर गर्ने भन्ने मात्र बैठकले निर्णय गरेको छ । त्यस्तै, प्राधिकरणकै नेतृत्वमा भूकम्प प्रभावित १४ जिल्लामा अनुगमन टोलीसमेत गठन गर्न लागिएको बैठकका क्रममा जानकारी गराइएको छ । डिएलपीआइओका अनुगमन तथा मूल्यांकन विज्ञ रोशन केशरीको नेतृत्वमा काभ्रेमा अनुगमन टोलीको गठन गर्न लागिएको हो । 

“जोखिमयुक्त परिवारको सहयोगका लागि सहयोग गर्न गैरसरकारी संस्थासँग कुरा अगाडि बढाइसक्यौँ,” गैंडाले भन्नुभयो । साथै, गुनासो भरेका पीडितको तथ्यांक आइसकेको, नगरपालिका र गाउँपालिकामा पठाउन मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो । तथ्यांकको पुनः जाँच भइसकेपछि मात्र उक्त तथ्यांक पठाइने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई