2026-09-02 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सपाङ्ग होउञ्जेल श्रीमान, अपाङ्ग हुनसाथ श्रीमतीले टाप कसेपछि…

प्रेमसुनार/फागुन १८, गुल्मी । स्वार्थी यो दुनियाँमा पाखुरो नै प्यारो हुँदो रहेछ भन्ने गुल्मीको सदरमुकाम तम्घासमा एक पुरुषको कारुणीक अवस्था देख्दा महशुस हुन्छ ।  

भण्डै १५ वर्ष देखि सदरमुकाम तम्घासमा होटलका एउटा दक्ष कुक हुन गुल्मी अर्लाङ्गकोटका गमबहादुर खत्री । उनले तम्घासका विभिन्न होटलहरुमा कुक काम गरेर पाँच सन्तानलाई हुर्काएका थिए ।

श्रीमतिले पनि त्यति कै मजदुरी गर्दै थिईन । यतिकैमा गत जेठ १५ गते साँझ तम्घासको पुरानो वसपार्कको गौडो ओर्लिने क्रममा गमबहादुर लडेर दायाँ खुट्टा खुस्कीन पुग्यो । उनि अपाङ्ग भए । काम गर्न नसके पछि विहान वेलुकीको गुजरा चलाउन समेत मुस्कील प¥यो ।

खुस्कीएको खुट्टाको उपचार गर्न नसकेर मोटा–घाटा गमबहादुर दुव्लाउँदै गए । टिठ लाग्दो चेहरामा उनि सडकमा चन्दा माग्ने सम्मको बन्दै गए । यहि क्रममा गत २० दिन अघि देखि उनकी श्रीमति कोठाबाट हिडेकी हुन । उनि कहाँ पुगिन भन्ने कुरा कसैलाई अत्तोपत्तो छैन ।

जिल्ला प्रहरी कार्यालय अगाडी सडकमा रुन्चे अनुहारमा खुट्टा दुखेर ऐया.. एैया.. गरिरहेका गमबहादुरको उद्धारका लागि त्यही अगाडी चिया पसल गर्ने विष्णुबहादुर चन्दले अँस्ती देखि त्यहाँका प्रहरीहरु संग चन्दा संकलन गर्न सुरु गरे ।

अन्तत: प्रहरीहरुकै सहयोगमा १० हजार संकलन गरी उनको उपचारका लागि पाल्पा मिशन अस्पतालमा उपचारका लागि पठाईएको छ । सो रकमले उनको उपचार सम्भव छैन,  सहयोगी चन्द भन्छन् उनको डेढ दुई लाख हुने हो भने उनको खुट्टा ठिक हुन्छ कृपया सञ्चार माध्यममा सहयोगको अपिल राखेर त्यति रकम जुटाई दिनु प¥यो ।

उनका अनुसार गमबहादुरका अरु सन्तान काम गरेर खान सक्ने भए पनि कोठामा रहेका कान्छो सन्तानको विचल्ली भएको छ ।  निष्ठुरी श्रीमतिले उनको पाखुरो बलियो होउञ्जेल सम्म माया दिईन , अहिले जुन वेला माया र स्याहार सुसारको जरुरत छ यहि वेलामा छाडेर कहाँ गईन थाह छैन । हुर्केका सन्तानहरुले पनि वास्ता नगर्ने गरेको चन्द बताउँ छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले मिशन अस्पताललाई विपन्न वर्गलाई गरिने सहुलियत उनलाई पनि गरी दिन सिफारिस पत्र दिएका छन् । 

उनले पनि सवै संग सहयोगको अपिल गरेका छन् । उनलाई जे जति सहयोग गर्न चाहने महानुभावहरुले जिल्ला प्रहरी कार्यालय अगाडी चिया पसलेविष्णुबहादुर चन्दको मोवाईल नम्वर९८४१७०५८५३ मा सम्पर्क  राख्नु होला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली