2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रे महोत्सव बुधबारदेखि हुने

फागुन १९, धुलिखेल | धुलिखेल उद्योग वाणिज्य संघ काभ्रेपलाञ्चोकको आयोजनामा यही फागुन २३ देखि चैत ३ गतेसम्म ‘काभ्रे महोत्सव–२०७४ हुँदैछ । 

धुलिखेलस्थित धुलिखेल रंगशालामा हुने सो महोत्सव ‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको बहार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको संघका अध्यक्ष मञ्जुकुमार कोजुले बताउनुभयो । “स्थानीय तहमा रहेका आर्थिक विकासका सम्भाव्यता र चुनौती पहिचान गरी त्यसका आधारमा आर्थिक विकासका आगामी खाका कोर्नका लागि सबै सरोकार भएका निकाय जुट्न आवश्यक रहेको भन्दै त्यसका लागि सबैसँग हातेमालो गरेर अघि बढ्न सन्देश दिन यो महोत्सव गर्न लागेका हौँ”, कोजुले भन्नुभयो । 

कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, निर्माण सामग्री, भवन निर्माण प्रविधि आदि सेवा र वस्तुको प्रदर्शनी गरिने सो महोत्सवमा करीव १५० कक्ष रहने छ । सो अवसरमा काभ्रेपलाञ्चोक जिल्लालगायत प्रदेश नं ३ एवं राष्ट्रिय तथा बहुर्राष्ट्रिय उद्योग व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । महोत्सवलाई थप आकर्षक बनाउन विज्ञसँगको अन्तक्र्रिया तथा जिल्लाको इतिहास, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कला संस्कृति, जीवनशैली आदि झल्कने चित्रकला र तस्वीरसमेत प्रदर्शनी हुने आयोजक संघका उपाध्यक्ष सुवासकाजी श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई