2026-06-17 03:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सा राष्ट्रिय निकुन्जमा बाघ गणना सम्पन्न

2018-03-05

फागुन २१, वीरगञ्ज | पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । 

सन् २०१३ को तथ्याँकअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या सात थियो । सन् २०१७–१८ को बाघ गणनाको संख्या आउन बाँकी रहे पनि निकुञ्जभित्र २० वटा पाटेबाघ हुनसक्ने अनुमान निकुञ्जका अधिकारीहरुले गरेका छन् । 

लोपोन्मुख अवस्थामा रहेका पाटेबाघबारे विगत दुई वर्षदेखि लगातार क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणना र यसको आहारजन्य प्रजातिको अनुगमनबाट तिनको संख्यामा उल्लेखनीय वृद्धि भएको पाइएको छ । सन् २०१५ मा गरिएको अनुगमनमा निकुञ्जभित्र बाघको संख्या १० वटा, सन् २०१६ मा १९ वटा तथा सन् २०१७ मा दुई वटा डमरुसहित १९ वटा बाघ भएको पुष्टि हुन आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले राससलाई बताउनुभयो । 

पाटेबाघको एउटा तस्वीर अर्काे तस्वीरसँग भिडाएर र बाघको शरीरमा रहेका धर्का हेरेर बाघको संख्या यकिन गरिने गरिन्छ । प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार बाघको वास्तविक संख्या तस्वीर विश्लेषण पछि मात्र थाहा हुने छ । 

सन् २०१५ को गैँडा गणनामा निकुञ्जभित्र तीनदेखि पाँच वटा गँैडा रहेको देखिएको थियो । सन् २०१६ मा गणना गर्दा निकुञ्जभित्र १०५ वटा गौरी गाई रहेको अनुमान गरिएको थियो । 

सन् २०१७÷१८ को बाघको पछिल्लो संख्या आउन बाँकी रहे पनि उनको पाइला, दिसापिसाब र गतिविधिलाई आधार मानेर निकुञ्जभित्र करिब २० वटा पाटेबाघ हुन सक्ने अनुमान गरिएको हो । 

बाघको गणना गर्दा निकुञ्जमा बाघको बासस्थान पहिचान गर्न १६७ ग्रिड स्थापना गरिएको थियो भने निकुञ्जभित्र ३०० जति स्वचालित क्यामेरा जडान गरिएको थियो । एउटा ग्रिडलाई काम गर्न करिब दुई हप्ताको समय लागेको थियो । 

सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या २५० पु¥याउने लक्ष्यसहित ट्रयापिङ क्यामेरा जडान गरी बाघ गणना शुरु गरिएको हो । बाघ गणनाको लागि निकुञ्जमा सात वटा हात्ती, निकुञ्ज कर्मचारी, वन कर्मचारी, वन्यजन्तु प्रविधिज्ञ, नेपाली सेना तथा मध्यवर्ती क्षेत्रका बासिन्दालाई परिचालन गरिएको थियो । 

बाघको संख्या वृद्धिका लागि बाघको बासस्थानमा सुधार, आहारा व्यवस्थापन, चोरी शिकारी नियन्त्रण तथा बाघ संरक्षणसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको निकुञ्ज प्रशासनले जनाएको छ । 

सन् २०१० को गणनाअनुसार नेपालमा बाघको संख्या १२० रहेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ