2026-06-16 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सा: ग्रामीण क्षेत्रका बासिन्दा भारतीय वित्तीय संस्थातर्फ आकर्षित

2018-03-12

वीरेन्द्र कर्ण/फागुन २८, वीरगञ्ज | भारतीय सीमासँग जोडिएका नेपालका कतिपय गाउँमा बैंक तथा वित्तीय संस्था नहुँदा दुर्गम गाउँका बासिन्दा भारतीय बैंकमा कारोबार गर्न बाध्य भएका छन् । 

खुल्ला आर्थिक नीतिको कारण सदरमुकाम वीरगञ्जमा सरकारी तथा निजी क्षेत्रका ठूलठूला बैंक सञ्चालनमा आइरहे पनि पर्सा जिल्लाको सीमावर्ती गाउँ तथा बजारमा बैंकिङ सेवा सञ्चालन नभएकाले त्यस क्षेत्रका बासिन्दा तथा व्यापारी बाध्य भएर सीमावर्ती भारतीय बैंकतर्फ आकर्षित हुन् थालेका हुन् । 

सशस्त्र द्वन्द्वपछि मुलुकमा शान्ति बहाली भएसँगै वीरगञ्जलगायतका शहरमा वित्तीय संस्था खोलिने होडबाजी नै चलेको छ । तर जिल्लाको बहुसंख्यक मानिस ग्राणीम क्षेत्रमा बस्ने भए पनि सो क्षेत्रमा वित्तीय संस्था नभएकाले बाध्य भई सीमावर्ती भारतको सिकटा बजारस्थित भारतीय स्टेट बैंकमा कारोबार गर्न बाध्य भएको भिस्वाका व्यापारी दिनेशकुमार कानुको भनाइ छ । 

भिस्वा बजारमा नूनदेखि सुनसम्म पाइने भए पनि बैंक नहँुदा यहाँका व्यापारीमध्ये ९० प्रतिशत व्यापारी सीमावर्ती भारतको सिकटा बजारमा रहेको भारतीय स्टेट बैंकको एटिएमबाट आर्थिक कारोबार गर्ने गरेको नेपाली व्यापारीको भनाइ रहेको छ । 

सीमावर्ती बजार भिस्वामा रहेको नेपाल बैंक लिमिटेड माओवादी द्वन्द्वकालमा असुरक्षाको कारण देखाउँदै विस्थापित भएको लामो समय भइसक्दा पनि सरकारले हालसम्म यहाँ बैंक पुनःस्थापना गर्न सकेको छैन । यसले गर्दा कि त पोखरीया, कि त वीरगञ्ज गएर कारोबार गर्नुपर्ने बाध्यता रहेको गुनासो रामजीप्रसाद कानुको छ । 

सीमावर्ती नेपाली बजारमा बैंकको पहुँच नहुनु तथा सदरमुकाम वीरगञ्ज पोखरीया, जान समय पनि बढी लाग्ने भएकाले नजिकै रहेको सिकटा बजारको बैंकमा आफूले कारोबार गर्न थालेको अर्का व्यापारी जमालुदिन मिया भन्नुहुन्छ– ‘‘हामीहरु भारतीय बजारबाट दैनिक उपभोगका सामान खरिद गर्नुपर्ने भएकाले पनि यहाँबाट आर्थिक कारोबार गर्न थालेका हौँ ।’’ 

सीमावर्ती ग्रामीण क्षेत्रका बासिन्दा सदरमुकाम वीरगञ्ज वा पोखरीयाबाट पैसा बोकेर गाउँसम्म जान असुरक्षित हुने समस्या छ भने अर्काेतिर कम समयमा भारतबाट रकम झिकी भारतीय सामान किन्न सजिलो हुने भएकाले भारतीय बैंकमा कारोबार थालिएको धोबिनी गाउँपालिका–५ का नागेन्द्रप्रसाद कुर्मीको भनाइ छ । 

अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यहाँका बैंक तथा वित्तीय संस्था ग्रामीणमुखी नभएकै कारण ग्रामीण क्षेत्रको अर्थतन्त्रमा भारतीय वित्तीय संस्थाको प्रभाव बढ्दै गएको छ । सीमावर्गी भारतको बेतिया, सिकटा, नरकटियगञ्जलगायत भारतीय सीमा क्षेत्रका ग्राहकको भरमा व्यापार भने भिस्वा बजारका व्यापारीले विस्थापित भएको नेपाल बैंक पुनःस्थापनाको माग गर्दै आएपनि कतैबाट सुनुवाइ नभएकाले भारतीय स्टेट बैंकको सहारा लिने नेपाली बाध्य भएका छन् । 

भिस्वा बजारमा बैंक नभएको तथा सटही काउन्टरको समेत अभाव रहेकाले नेपाली उपभोक्ता भारतीय बजारमा चर्काे बट्टा तिरेर कारोबार गर्ने बाध्य रहेको छ । बैंक तथा वित्तीय संस्थाको अभावमा ग्रामीण क्षेत्रका ९० प्रतिशत बासिन्दा भारतीय बैंक तथा वित्तीय संस्थामाथि आत्मनिर्भर बनेको छ । दैनिक २५ लाखदेखिको व्यापार भिस्वा बजारमा हुने गरे पनि बैंकको पहँुचबाट टाढा रहेको यहाँका व्यापारीको नगद कारोबार भारतीय बैंकबाट नै हुने गरेको छ । 

छिपहरमाई गाउँपालिका–५ मा पर्ने भिस्वा बजार तथा ग्रामीण क्षेत्रका ९० प्रतिशत बासिन्दा नेपाली नूनको अभावको कारण भारतमा निर्मित हर्बल, अंकरजस्ता नूनको प्रयोग गर्न बाध्य भएका छन् । 

नेपाली नून नपाइने भिस्वा बजारको जनसंख्या भने पाँच हजार जति रहेको छ । यतिमात्र नभएर भौतिक सुविधाबाट वञ्चित भएका भिस्वावासी विद्युत् महसुल बुझाउन करिब १० किलोमिटरको धुलाम्य बाटो हुँदै पोखरिया जानुपर्ने बाध्यता रहेको छ । छोटी भन्सार कार्यालय भए पनि भारतीय गाडी नेपाल प्रवेश गर्दा छुट पूर्जीको व्यवस्था नभएपछि गाडीधनी लामो समयदेखि समस्या भोग्दै आइरहेका छन् । 

सदरमुकाम वीरगञ्जमा प्रशस्त बैंक तथा वित्तीय संस्था भए पनि हिजोआज ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्था नहुँदा ग्रामीण क्षेत्रमा बस्ने नेपालीको रोजाइमा परेका छन् भारतीय बैंकहरु । 

अनुत्पादक क्षेत्रमा लगानी बढाइरहेका शहर केन्द्रित बैंक जतिसुकै विकासवादी नारा दिए पनि व्यवहार ठीक उल्टो भएकाले गाउँका मानिसले जम्मा गरेको सानो रकम पनि भारत पलायनको खतरा बढेको ग्रामीण बासिन्दाको भनाइ छ । 

मुलुक आर्थिक समुन्नतितर्फ अग्रसर रहेको अवस्थामा नेपाली रुपैयाँ भारततर्फ गइरहेकाले शहरमुखी भएका बैंक ग्रामीण क्षेत्रमा खोल्नुपर्ने माग गर्दै भिस्वावासी एकैस्वरमा भन्छन्–नेपाली रुपैयाँ भारततर्फ पलायन हुनबाट रोक्नु छ भने माओवादी द्वन्द्वकालमा विस्थापित भएको बैंक सरकारले पुनःस्थापना गर्नुपर्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ