२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

स्थानीय तहका कर्मचारीहरु पत्रकारसँग घुस माग्छन्, अरुलाई छाड्लान् ?

२०७४, २९ फाल्गुन मंगलवार ०८:१५

प्रेम सुनार/फाल्गुण २९, गुल्मी।  पत्रपत्रिका र अन्य सञ्चार माध्याममा प्रकाशनका लागि वितरण गर्नु पर्ने सुचनामा समेत पत्रकारहरु संगै कमिशन मागिन्छ भने अरु विकास निर्माणको रकम भुक्तानीमा झन के हालत होला ? 

गुल्मी जिल्लाका पत्रकारहरुसंग गरिएको एक छलफलमा  गुल्मीका केहि स्थानिय तहका कर्मचारीहरुले पत्रकारहरु संगै कमिशन माग्ने गरेको पाईएको छ ।

जिल्लाका क्रियाशिल पत्रकारहरुलाई वरावरी ढंगले वितरण गर्नु पर्ने सुचनाहरु कमिशन पाउने लालचमा सिधै पत्रिकाको कार्यालय वा एजेन्सीलाई दिने गरेको खुलेको छ । पत्रिकाको सम्पादक मण्डलले सिधै स्थानिय तहका प्रमुख , प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतलाई  फोन गरेर ५० प्रतिशत सम्म कमिशन दिने लालच देखाए पछि जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सुचना आउन छाडेको हो ।

तत्कालिन जिल्ला विकास समिति छउञ्जेल यस्तो कमै हुने गरेको थियो । एकदुई वटा सुचना सिधै दिने गरेको विरुद्ध सम्वन्धित कार्यालय प्रमुख संग यहाका पत्रकारहरुले सजग गराए पछि रोकिएको कमिशन तन्त्र रोकिएको थियो । तर स्थानिय तहले  त्यस्ता सुचनामा कमिशनलाई बढवा दिएको पाईएको छ ।

एउटै गाउँपालिकाबाट गत चार महिनाको अन्तरालमा ३ वटा सुचना सिधै पत्रिकाको कार्यालयसंग समन्व्य गरी कमिशनमा पकाशित गरिएको जानकारी  प्राप्त भएको छ । यस सम्वन्धमा गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए ।

 उनले भने–‘लाज र डरै नमानी हामी पत्रकारहरु संग त स्थानिय तहका कर्मचारीहरुले कमिशन माग्छन भने विकास निर्माणका मानिसरुलाई झन कति सताए होलान ?’ उनले थपे–‘ म यो समाचारलाई कडा रुपमा उठान गर्न समेत तपाईलाई अनुरोध गर्दछु , कमिशनको जालो क्रमशः खोज्दै निमिट्यान्न पार्नै पर्दछ । ’थुप्रै विकास निर्माण कर्ताहरुले पनि कमिशन बार्गेनिङ्गका लागि समयमा भुक्तानी दिन आनाकानी गर्ने गरेको गुनासो गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त