2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा जिल्ला सहकारी संघको स्वर्ण महोत्सव हुने

फागुन ३०, धुलिखेल | जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले आगामी चैत २९ गते स्वर्ण महोत्सव मनाउने भएको छ । 

आज काभ्रेपलाञ्चोकको बनेपामा पत्रकार सम्मेलन गरी जिल्ला सहकारी संघ स्थापनाको ५०आँैं वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव गर्न लागिएको जनाइएको छ । 

‘समृद्ध काभ्रे हाम्रो पहिचान, घरघरमा सहकारी सदस्यता अभियान’ नाराकासाथ महोत्सव मनाउन लागिएको हो । संघले २५१ सदस्यीय सहकारी स्वर्ण महोत्सव मूलसमारोह समिति गठन गरिसकेको छ । 

“हामीले मूलसमारोह समिति गठन गर्नुका साथै ३१ सदस्यीय व्यवस्थापन समिति र सम्मान तथा पुरस्कार छनोट समिति, प्रदर्शनी व्यवस्थापन समिति, प्रचारप्रसार समिति, आर्थिक व्यवस्थापन समिति, गोष्ठी व्यवस्थापन, ¥याली व्यवस्थापन, अतिरिक्त क्रियाकलाप सञ्चालन एवं मूल्यांकन तथा प्रतिवेदन तयारी समिति लगायतका समिति गठन गरिसकेका छौंँ,” संघका अध्यक्ष विनोद पराजुलीले भन्नुभयो । 

जिल्लाका उत्कृष्ट काम गर्ने सहकारी तथा जिल्लाबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वलाई समेत सम्मान गर्ने सघंले तयारी गरेको जनाएको छ । सोही अवसरमा जिल्ला सहकारी संघको भवन शिलान्यास गर्ने तयारी भइरहेको मूलसमारोह समितिका संयोजक पराजुलीले बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले संघले महोत्सवको नाममा महोत्सव मात्रै गर्ने नभइकन जिल्लामा कतिवटा सहकारी संस्था खुलेको छ, ती सबै सहकारीबाट दैनिक वा मासिक कति रकम बचत हुन्छ र त्यसबाट अर्थतन्त्रमा कतिको टेवा पु¥याइरहेको छ, भन्ने कुरालाई पनि खाकासहित तयार गरेर प्रस्तुत गर्न आवश्यवक रहेको बताउनुभयो । तिमल्सिनाले जिल्लामा सहकारीमार्फत गर्न सकिने सम्भावित आत्मनिर्भरताको विषयलाई पनि उठान गर्नुपर्ने बताउनुभयो । 

जिल्ला सहकारी संघमा हालसम्ममा एक हजार ४९५ वटा सहकारी संस्था आवद्ध रहनुका साथै बचत तथा ऋण, दुग्ध, तरकारी, बहुउद्देश्यीय, कृषि, उपभोक्ता तथा कफी सहकारी गरी सातवटा विषयगत सहकारी संस्था आवद्ध छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई