"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "/>
2026-09-02 01:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्रेमीको साईवर आतंकपछी प्रेमिकाले आफ्नै प्राण त्यागिन् – यस्तो छ घटना

प्रेम सुनार | चैत ३, गुल्मी | गुल्मीमा ६ वर्षिया वालिका वलात्कारको घटना सेलाउन नपाउँदै फेरी अर्को जघन्य महिला हिंसा पछि एक युवती ज्यान फाल्न बाध्य भएकी छन् ।

लामो समय देखि प्रेमसम्वन्ध रहेको र  विवाह गर्ने प्रलोभन देखाउँदै आएको बताईएका यहाँका एक युवाले आफु सित जोडेर हिजो  दिउँसो  तस्वीर राखेर  वदनाम गराई दिएपछि गुल्मी सिमिचौरकी १९ वर्षिया युवती  निशा वस्नेतले आफ्नो घर मै गलामा  चुङ्गीको पासो लगाएर ज्यान फालेकि हुन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर १० सिमिचौर तोलाङ्ग निवासी बस्नेत  सदरमुकाम तम्घासमै वसेर रेसुङ्गा बहुमुखी क्याम्पसमा कक्षा १२मा  अध्यान गर्दै आएकी थिईन् । उनले ज्यान हाल्न  वाध्य  गराउने   सिमिचौर आँमडाँडा कल्लेरी गाउँका युवा दिपक पाण्डे भएको   परिवारजनले आरोप लगाएका छन् । 

मृतकका दाजु भरतबहादुर बस्नेतले निज पाण्डेलाई ईङ्गित गर्दै उनले  वहिनीलाई फेशवुकमा ज्यान मार्ने सम्मको धम्की दिएको र  हिजो मात्र   वहिनीको नाममा  फेशवुक आईडि बनाएर कभरफोटो   वहिनी संगै  उनि आफु वसेको  राखी बदनाम गरेको बताए । उनले आज त्यसवारे अनुसन्धान र छानविनका लागि  जिल्ला प्रहरी  कार्यालय गुल्मीमा जाहेरी  दिएका छन् ।

ज्यान दिन्छु भन्नेले नै ज्यान फाल्ने बनाए

सदरमुकाम तम्घासमा उनि संगै कोठामा बस्दै आएकी उनकी साथी कमला गौतमले फोनमा पटकपटक  दिपक पाण्डेले धम्काउन थाले पछि निशाले  केहि दिन देखि फोन स्वीचअफ  गरेर बसेकी थिईन ।

फोन स्वीच अफ गरेपछि साथीको  फोन मार्फत हिजो आफु तम्घासकै कोठामा आउछु भन्दै धम्काएका थिए ।  गौतमले भनिन्–‘ उनिहरु विच क्याम्पस पढ्न थाले देखि प्रेम सम्वन्ध थियो भन्ने मलाई थाह छ ।

फोनमा कहिले मिल्थे कहिले झगडा गर्दथे । कक्षा १२ को पढाई सोही क्याम्पसमा पढेर कमल भेटेनरी प्राविधिक शिक्षा लिनका लागि अर्घाखाँची गएका थिए ।  पढाई सकेर जागिर खाने र त्यस लगत्तै उनिहरु विच  विवाह सम्वन्ध गर्ने कुरा भएको थियो ।

हर कुरामा कमलले जित्नै पर्ने । उनलाई हरेक दिन मोवाईलमा पैसा राखी दिनै पर्ने नराखे धम्काई हल्ने त्यसबाटआजित थिईन निशा । हिजो उ कोठा मै आउँछु भनेपछि विहान ११ वजे उनि सिमिचौर घरमा गएकी हुन् ।

उनि कोठामा नरहेको थाह पाए पछि कमलले उनको नामका अगाडी मो राखेर उनको नाममा आईडी खोली हाल्यो ।जसको कभरमा उनिहरु दुई जना अंकमाल गरेको तस्वीर सवैले देख्दा चकित परियो । त्यसो त उसले निशाको त्यस आईडीमा पहिला पनि आफ्नो चेहरा ढाकेुर निशाको चेहरा देखाउँदै सताउँदै आएको थियो  ।  त्यो तस्वीर  राखेको दुई तिन घण्टान वित्दै त्यस्तो  दुखत खवर  सुन्नु  पर्यो ।

विहे गर्छु् भन्नेलाई  बेश्याको सज्ञा

उनि संगै पढ्ने अर्की साथी पवित्रा पाण्डेको  फेशबुक म्याजेन्जरमा कमल पाण्डेले निशालाई  बेश्याको सज्ञा दिएर लेखेका छन् । उनले  लेखेका छन तेरीसाथी निशा वेश्या रहिछ, उसलाई  ज्युँदै जलाउँ छु जस्ता कुराहरु पनि पवित्र पाण्डेको फेशबुक म्यासेन्जरमा  लेखेका छन् । पवित्राले  निजले प्रेमीका  बनाएको नाममा  पछिल्लो चरण निशालाई कमलले निकै ठुलो  तनाव दिदै  दवावमा राख्दै आएको बताईन ।  

यहाँबाट सुरु हुन्छ उनिहरुको प्रेम  सम्वन्ध

उनिहरु सिमिचौरको भगवती माध्यामिक  विद्यालयमा  पढ्दा  देखि नै नजिकका साथी  थिए । कमल निशा भन्दा एक व्याज सिनियर थिए । तम्घास क्याम्पस बढ्न आउन थाले पछि उनिहरुको प्रेम सम्वन्ध फक्रिन थालेको उनका साथीहरु बताउँ छन् ।

घर जाँदा आउँदा उनिहरु एक अर्का संग छुटिदैनथे । कोठामा उनिहरु विच दैनिक विच विचमा गफ हुनै पर्ने । अर्घाखाँचीमा  पढ्न कसेका कमल सामन्य परिवारको भएका कारण आर्थिक समस्याले गर्दा पैसा चाहियो कि निशालाई भनि हाल्ने, मोवाईल खर्च पनि निशाले नै पुराउन पर्ने ।

आफुले सके सम्म निशाले त्यो खर्च पुराउँदै आएकी थिईन । पढुन सम्म त हो नि, म जागिरे भए पछि त कमाई तिमै्र त हो नि जस्ता गफहरु  प्नि फोनमा चल्ने गरको निशाका नजिकका साथीहरु बताउँ छन् ।

कमल अर्घाखाँची गए पछि जति टाढा माया उति नजिक भने झै उनिहरुको प्रेम झन झाँङ्गिदै गएको  थियो । पलपलको च्याट र फोन विना उनिहरु बाँच्नै नसक्ने भई सकेका थिए । तर पछिल्लो चरण कमलको जिद्धिवानी,हरवखत खर्च पठान दवाव दिनुको तनावले   फोन नै  स्वीजअफ गर्न थालिन ।

त्यसको रिसले चुर बनेका कमलले उनिहरु  संगै अंकमाल गरेको  गोप्य  तस्वीरलाई जोडिका  रुपमा फेशबुकमा  राखी दिए । अन्त्तः त्यति लामो प्रेमको अन्त्य यति ठुलो घटना संगै हुन पुगेको छ।

साईवर आतंक विरुद्ध उत्रिन्छौंः अधिकारकर्मीं

यस घटनाको विषयलाई लिएर  यहाँका अधिकारकर्मीहरु साईवर अपराध विरुद्ध कडा रुपले उत्रने चेतवानी  दिएका छन् । अधिकारकर्मी  त्यस क्याम्पसका  विद्यार्थी र नागरिक समाज आज साईवर अपराधीलाई  कडा भन्दा कडा कार्वाह  गर्नु  अनुरोध  गर्न जिल्ला प्रहरी  कार्यालयमा  डेलिगेशन  समेत गएका छन् ।

नेपाल मानव अधिकार संगठन गुल्मी जिल्ला अध्यक्ष तथा नेपाली कांग्रेसकी जिल्ला पार्टी सचिव विष्णुकुमारी सापकोटाले यस अघि  पनि थुप्रै महिलाहरु पुरुषहरुको साईवर आतंकका  कारण ज्यान गएको  स्मरण गर्दै  अव साईवर अपराधीको कार्वाहीका लागि कडा रुपमा उत्रने चेतवानी दिईन।

त्यस्तै नागरिक समाजक अध्यक्ष पदम पाण्डेले  साईवर  अपराधलाई नियन्त्रण गर्न संंबन्धित निकाएको ध्यान  जान  ढिलो भई सकेको बताए ।  साईवर आतंकबाट मानिसहरु कोही  वदनामीको  शिकार हुँदै आएका  छन भने कोही यसरी ज्यान हाल्न बाध्य  छन् ।

त्यस्ता विरुद्ध कडाईका लागि लाग्न संवन्धित  निकायले  ढिलाई  गरेको छ , पाण्डेले भने  यो क्रम बढ्दै  जाँदा अरु थप त्यसबाट शिकार हुने छ । रेसुङ्गा क्याम्पस प्रमुख हरिबहादुर खत्रीले  साईवर अपराधबाट जो  जसरी शिकार भएमा अभिभावक वा साथी संग भनेर संविन्धत निकायमा पुग्नु  पर्ने तर यसरी ज्यान हाल्न नहुने सुझाव दिए ।

आरोपी पाण्डे  पक्राउ

यो  समाचार लेख्दा लेख्दै निशा वस्नेतलाई  साईवर अपराध  गरेका  आरोपी कमल  पाण्डेलाई  प्रहरीले  पक्राउ  गरेर जिल्ला प्रहरी कार्यालयमा  ल्याउँदै  छ ।

जिल्ला प्रहरी प्रमुख एसपी अनुराग द्धिवेदीले निजलाई  पक्राउ गरी सकिएको  जानकारी  दिएका हुन् । माया प्रेम र आवेशले अन्ततः एउटीको ज्याननै गयो भने अर्काको जिन्दगीमा अव गम्भीर असर  पर्ने देखिएको छ ।

यो घटनाले पाण्डेले जागिर खाने र विवाह गर्ने सपना देखे देखाएका थिए भने वस्नेतले उनि संगको सुन्दर भविश्यको सपनामा रमाउँदा् रमाउँदै त्यो  लाउँ लाउँ  खाउँ खाउँ भन्ने उमेरमा ज्यानै गुमाउनु परेको छ । यस्ता घटनाबाट तपाई पनि सचेत हुने कि ?

तस्वीरमा: प्रेम भनिएका उनै कमल पाण्डेद्धारा मोह निशाका नाममा फेश आईडि बनाएर राखिएको दुवैको तस्वीर, उनका साथीको च्याटमा उनले लेखेको गाली गलौज र केहि अन्य तस्वीरहरु | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली