2026-10-28 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्रेमीका निशाको गलामा पासो, प्रेमी दिपकको मुहारमा हाँसो…

प्रेम सुनार | चैत ४ गुल्मी ।  नेपाली एउटा गितले गुल्मीमा हालै घटेको घटनालाई आत्मासात गरेको छ । गुल्मी सिमिचौरकी  निशा बस्नेतले प्रेमी दिपक पाण्डेको साईवर आतंकाका कारण गलामा पासो लगाएर देह त्याग गरेकी छन भने उनका प्रेमी भनिएका सिमिचौर आमडाडाका दिपक पाण्डेको ओठमा भने जिल्ला  प्रहरी कार्यालयको हिरासतमा हुँदा पनि हाँसो देखिएको स्थानियले बताए । 

जिल्ला प्रहरी कार्यालयमा भेटन गएका स्थानियले ‘त्यति ठुलो  गल्ती गरिस अव जाने भईस…’  के भन्न पाएका थिए पश्चतापको मुद्रामा देखिनु पर्ने पाण्डे मुसुक्क मुस्कुराएका थिए । हिजो  दिउँसो यो समाचारदाता स्थलगत रिर्पोटका लागि शोकाकुल निशाका परिवारको घरमा पुगेको थियो । स्थानियले भने–‘ निज पाण्डेलाई कडा भन्दा कडा कारवाहीको माग गर्दछौं , सञ्चार माध्यमको हामीलाई साथ चाहिन्छ । हामी पुग्दा घरमा सन्नाटा छाएको थियो । 

नेपाली सेनामा कार्यरत रहेका निशाका दाजु तालिम गर्दा गर्दै घर आएका थिए । उनको गहभरी आँशु थियो । ‘अँस्ती मात्रै फोनमा कुरा भएको थियो । राम्ररी पढ बहिनी भनेको थिएँ त्यस पापीले आज यस्तो गरी दियो, त्यसलाई कारवाही नगरे मेरा जस्ता हजारौ लाखौ वहिनी मर्ने छन् ’उनले भने । निशाका आमा वुवा एकहोरो हेरिरहेका थिए । निशाको मृत्युको दिन देखि उनिहरु मौन छन् । उक्त दिन कति वेला तम्घासबाट निशा आएकी थिईन ? भनेर के सोध्न पाएको थिए वावु नरबहादुर बस्नेत एक्कासी भक्कानिदै भने–‘ अघि पछि खाना नपकाउने मेरी छोरीले आउन वित्तिकै आज म खान पकाउँ छु भनि र पकाएर खाना खुवाई ।

अन्तिमा रहे छ र पो आफ्ना हातले खाना खुवाई, आफु भने निरास चेहरामा थिई , त्यति मन लागेर खान पनि खाईन । खाना खाई सके पछि माथी ओसारीको कोठामा गई दिउँसो चिया पाकेर वोलाउँदा नआए पछि उठाउन जाँदा त्यो हालतमा देख्नु पर्यो..गला अवरुद्ध पार्दै बाबुले भने । आमाको ओठ मुख र आँखामा आँशु सुकि सकेका  थिए । एक्कासी भक्कानो मात्रै छाडिन । छिमेकीहरुको रुवावासी संगै यो समाचारदाताको पनि आँशु थामिएन । निशा तम्घासबाट एक पटक वावु आमाको मुहार देखेर घरमै  देह त्याग गर्छु  भनेरै आएको उनको त्यस दिनको निरासापनले देखाएको परिवारका सदस्य बताउँ छन् ।  फेशवुकमा उनको फोटा जोडेर राख्ने दिपक पाण्डेका चार पाच वटी अरु  युवतीहरु संग पनि लभ चक्कर भएको थाह पाए पछि निशा पछिल्लो चरण उनि संग टाढिएको उनका नजिकका साथीहरु बताउँ छन् । 

त्यसको चार दिन अघि मात्र निशालाई आर्मीको लाहुरे माग्न आएका रहेछन् । कुरा चल्दै थियो , पढ्दै छ उसलाई नसोधी कसरी  हुन्छ भनौ भन्ने सोचमा रहे छन परिवारजन । भन्दै थिए बरु उसलाई दिएको भए यस्तो घटना घट्दैन्थ्यो कि ?  निशाको दर्दनाक यस घटनालाई  प्रत्यक्ष  भिडियो र अडियोमा हेर्न सुन्नका लागि यस हप्ताको ओझेका खवरको प्रतिक्षा गर्नु होला .. ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला