पढ्न करिब 1 मिनेट लाग्छ

चैत ६, राजविराज | सप्तरीको सदरमुकाम राजविराजस्थित कल्टु पोखरीमा डुबेर बेपत्ता भएका एक पुरुष आज बिहान मृत फेला परेका छन् ।

सोमबार अपराह्न राजविराज नगरपालिका–४ निवासी अन्दाजी ४५÷५० वर्षीय शाहआलम मियाँ पोखरीमा नुहाउने क्रममा बेपत्ता भएकामा दिनभरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयवासीले खोजी गर्दा पनि फेला पर्न सकेका थिएनन् ।

पोखरीमा आज बिहान तैरिएको अवस्थामा स्थानीयवासीले मियाँलाई देखेर प्रहरीलाई खबर गरेपछि पानीबाट शव निकालिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

मियाँ अत्याधिक मदिरा सेवन गरी नुहाउन गएको अवस्थामा डुबेको प्रहरीको अनुमान छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । रासस