2026-09-14 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

मानव बस्तीको बीचमा रहेको बाँके कारागारको सुरक्षा चुनौती बढदो

नीरज गौतम/चैत ८, नेपालगन्ज | नेपालगन्जको मध्यभाग मानवबस्तीको ठीक बीचमा रहेको बाँके जिल्ला कारागारको सुरक्षा चुनौती र नागरिकको सुरक्षा चिन्ता अहिले बढ्दै गएको छ । 

कैदी, बन्दीको आचरण सुधारका लागि विक्रम संवत् २००० मा स्थापना गरिएको नेपालगन्जस्थित बाँके कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने सुरक्षा निकायका पदाधिकारी नै बताउँछन् । कारागार स्थापना हुँदा त्यस आसपास मानव बस्ती थिएन । 

नेपालगन्ज शहर विस्तार हुने क्रमसँगै कारागारको क्षेत्र बाहिर मानव बस्ती पनि बाक्लिँदै गयो । बस्ती बाक्लिँदै गएपछि कारागार अहिले नेपालगन्जको ठीक बीच भागमा परेको छ । कारागार मानव बस्तीको बीचमा पर्दैमा जोखिम भई हाल्दैन । तर भोलि कुनै अप्रिय घटना भयो भने त्यसको जोखिममा त्यस क्षेत्र बाहिरमा नागरिक पर्नसक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन । 

कारागारभित्र कुनै अप्रिय घटना भयो भने त्यसको त्रास बाहिर बस्तीका नागरिकमा पनि पर्न जाने गरेको छ । सशस्त्र द्वन्द्वकालमा विद्रोही र कारागार सुरक्षाकर्मीबीच भएको दोहोरो भिडन्तको स्मरण नागरिकको मनमा अभैm ताजै छ । ‘भिडन्तमा हाम्रो घरमा पनि गोली लागेको थियो, अब के हुन्छ, भन्ने त्रासले रातभरि सुत्न सकिएको थिएँ’, कारागार बाहिर घर भएका भरत शर्माको भनाइ छ । साथै कैदी कैदीबीच पनि बेलाबखत हुने भैmँझगडाको अप्रत्यक्ष असर त्यस क्षेत्रका नागरिकमा पर्न जाने गरेको छ । 

कैदी बीचको झगडा नियन्त्रण गर्ने क्रममा केही वर्षअघि कारागार सुरक्षाकर्मीको गोली लागेर एक कैदीको मृत्युसमेत भएको थियो । विगतका यी घटना फेरि दोहोरिँदैनन् भनेर किटान गर्न नसक्ने भएकाले पनि कारागारलाई अन्यत्र सार्नुपर्ने आवाज नागरिक र प्रशासनिकस्तरबाट उठ्न थालेको छ । 

नेपालगन्ज–१० स्थित बाँके कारागारको भौतिक अवस्था पनि अहिले जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन् । कारागारमा कैदीको संख्या पनि बढ्दै गएको छ । कारागारको वरिपरिको वातावरण पनि एकदमै फोहर रहेको छ । 

कारागारबाट निस्केको फोहर हाताभित्र फालिन्छ । ढल निकासको व्यवस्था पनि छैन । फोहर बढी भएकाले कैदी पनि अधिक संख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ । फोहरकै कारण कैदीको सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो हुने गरेको छ । यी सबै यावत् समस्याका कारण समग्रमा यसले सुरक्षा चुनौती अझै बढाएको छ । 

कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदी रहेकाले सुरक्षामा चुनौती थपिएको बताएको छ । कारागारमा कैदीलाई भेट्नका लागि १० देखि ४ बजेसम्म कारागार खुल्ला रहन्छ । त्यो समयमा कैदीलाई तिनका परिवार र आफन्तले भेट्न सक्छन । 

सुरक्षा दिनका लागि कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् । ‘क्षमताभन्दा बढी कैदी, बन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुका कारण सुरक्षा चुनौती बढेको हो’, निमित्त जेलर श्यामलाल लामिछानेको भनाइ छ । 

करीव १७ कट्ठा पाँच धुर क्षेत्रफलमा रहेको बाँके कारागारको कैदी, बन्दी क्षमता ३०० मात्र हो । तर कारागारमा अहिले ६०६ महिला र पुरुष कैदी, बन्दी रहेका छन् । महिला कैदीसँग दुईजना कैदीका सन्तानले पनि कारागारमा आश्रय लिइरहेका छन् । स्थापना हँुदा कारागारको आसपासका क्षेत्रमा बस्ती नरहे पनि अहिले कारागार वरिपरि बाक्लो बस्ती प्रस्ट देख्न सकिन्छ । 

मानव बस्ती बाक्लिँदै गएपछि तथा कैदी, बन्दीको अनुपातमा कारागारको भौतिक संरचना साँघुरो भएपछि सरकारले अहिले बाँके जिल्लाको गनापुरमा खुल्ला कारागार निर्माण कार्यसमेत शुरु गरिसकेको छ । 

बाँकेका प्रजिअ रमेशकुमार केसीका अनुसार, आठ बिघा क्षेत्रफलमा रहेको खुल्ला कारागारको दुई कोठा र ब्यारेक निर्माण कार्य सकिएको छ भने अन्य संरचना निर्माण भइरहेका छन् । 

यसैगरी, बाँकेकै नौवस्तामा पनि १० बिघा क्षेत्रफलमा नेपालगन्ज कारागारको निर्माण कार्य थालिएको छ । यी दुवै कारागारको निर्माण कार्य पाँच वर्षभित्र सक्ने समय निर्धारण गरिएको पनि उहाँले जानकारी दिनुभयो । ‘यी दुवै कारागार निर्माण भएपछि सम्भवतः नेपालगन्जको मानव बस्तीको बीचमा रहेको बाँके कारागार त्यहाँ नरहन सक्छ’, प्रजिअ केसीको भनाइ थियो । 

कैदी, बन्दीको आचरण सुधार, नागरिकको मनबाट कारागार प्रतिको त्रास हटाउन तथा भविष्यमा कुनै अप्रिय घटनाको सम्भावना आउन नदिन पनि अहिले नेपालगन्जको मध्य भागमा रहेको बाँके कारागार त्यहाबाट जतिसकेको छिटो हटाउनुपर्ने अहिलेको आवश्यकता होभन्दा अत्युक्ति नहोला । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ