प्रेम सुनार | चैत १०, गुल्मी | आज विहान बुटवल उपमहानरपालिका भित्र वसको ठक्करबाट एक जनाको घटना स्थल मै मृत्यु भएको छ ।
वुटवल ईलाका प्रहरी कार्यालयले सम्प्रेषण गरेको सुचना अनुसार आज विहान करिव साढे ६ वजेको समयमा पश्चिम तर्फबाट पुर्व तर्फ जाँदै गरेको ना ४ ख ४३४३ नम्वरको वसले सो उपमहानगर १२ नयाँगाउँस्थि महेन्द्र राजमार्गको एक जना वटुवा पुरुषलाई ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको हो ।
प्रहररीले पठाएको विवरण अनुसार पहिचान हुन नसकेको शवको विवरण यस प्रकार रहेको छ ।
– मृतक शव लुम्बिनी अञ्चल अस्पतालको शव गृहमा रहेको ।
– उचाई ५ फिट ५ ईन्च
– गोलो अनुहार, बर्ण गहु गोरी, कालो कलर भएको
– सेतो रङ्गको भेष्ट, हल्का रातो सर्ट,निलो जिन्स पाईन्ट,कालो पेटी, खैरो पेन्टी लगाएको
– अन्दाजी ३७/४० को पुरुष मानिस, पेट र छातीमा दुविको जस्तो टाटु भएको, मानसिक रुपमा कम्जोर ।
– टाउकोमा चोट भएको