2026-09-02 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी महोत्सवको प्रचार–प्रसारमा तिब्रता

प्रेम सुनार/चैत १२, गुल्मी। कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्ने उद्देश्यले यहि चैत १६ देखि २५ गतेसम्म सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको मिति नजिकिन थालेसँगै महोत्सवको प्रचारप्रसार समेत तिब्र हुँदै गईरहेको छ ।  महोत्सवलाई आर्कषक तथा प्रभावकारी बनाउनको लागी सहोत्सवसँग गठित उपसमितिहरुले आफ्ना समिति अन्र्तगतका जिम्मेवारीहरुलाई अघि बढाएसँगै महोत्सवको रौनक बढ्दै जान थालेको हो । 

महोत्सवलाई थप प्रभावकारी बनाउनका स्थानीय तहसम्म पुगेर प्रचारप्रचार समितिले सवैलाई चुले निम्तो दिन थालेको छ । गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं प्रचार प्रसार समितका संयोजक श्रीप्रपाद भलामी र रामप्रसाद पन्थीको नेतृत्वमा परिचालन गरिएको प्रचार प्रसार समितिले जिल्लाका सवै स्थानीय तहतमा पुगेर त्यहाँका जनप्रतिनिधिहरुसँग भेटघाट समेत गरेको छ । 

दुई नगरपालीका र दश गाउँपालीका रहेको गुल्मीमा प्रचार प्रचार समितिले सवै क्षेत्रमा पुगेर नगर प्रमुख, गाउँपालीका अध्यक्ष एवं त्यहाँका प्रशासकीय अधिकृतहरुसँग छलफल गरि महोत्सवलाई कसरी प्रभावकारी बनाउने र स्थानीय स्तरमा रहेका विभिन्न कला, संस्कृति, कृषि, व्यापार तथा उद्योग लगायतका सामग्रि र प्रस्तुहिरुलाई उल्लेख्य मात्रमा मेलामा कसरी बढी भन्दा बढी सहभागिता गराउने भन्ने विषयमा छलफल गरिएकोे थियो । 

गुल्मी उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको तेश्रो गुल्मी महोत्सव आर्थिक, सामाजिक, साँकृतिक एवं पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण रहेको भन्दै महोत्सवलाई स्थानीय तहवाट सक्दो सहयोग गर्ने स्थानीय जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएको प्रचार प्रचार समितिका संयोजक श्रीप्रसाद भलामीले बताउनु भयो । 

प्रचार प्रचार समितिले गुल्मीको रेसुंगा र मुसिकोट नगरपालीका सहित गुल्मीदरबार, छत्रकोट, रुरु, कालीगण्डकी, सत्यवती, चन्द्रकोट, ईस्मा, मालीका, मदाने र धुर्कोट गाउँपालीको भ्रमणगरि स्थानीयहरुलाई महोत्सको वारेमा जानकारी गराएको थियो । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा दश दिनसम्म संचालन हुन लागेकोे उक्त महोत्सवको मुख्य स्वलोगन ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने रहेको छ । 

महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका विभिन्न विधाका पाँच दर्जन भन्दा बढी कालाकारहरुको विविध साँगितिक प्रस्तुति रहने बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली