चैत १२, भक्तपुर | विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–६ बस्ने २२ वर्षीय गणेश लामा, २१ वर्षीय लच्छु कार्की, २३ वर्षीय अनिल मगर, २४ वर्षीय सुमन तामाङ र २१ वर्षीय रुपक तामाङ रहेका छन् ।

निजहरुले गत १० गते काभ्रे मण्डन देउपुर नगरपालिका–२ स्थित सानुकान्छा तामाङको पसलबाट नगद रु तीन लाख चोरी गरेर फरार रहेको अभियोगमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।

प्रहरीले निजहरुलाई भक्तपुर नगरपालिका–१० कमलविनायकबाट बा७च ४२ नं कारसहित पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

निजहरुको साथबाट नगद रु एक लाख छ हजार २१०, केही विदेशी मुद्रा, सुनको सिक्री एक थान, सुनको औँठी एक थानलगायतका सामग्री बरामद गरी थप अनुसन्धानका लागि आजै इलाका प्रहरी कार्यालय बनेपा काभ्रेलाई बुझाएको उहाँले जानकारी दिनुभयो । रासस

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित भक्तपुरबाट पक्राउ