२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा माटोका भाँडा बनाउने पेशा लोप हुदै

२०७४, १४ चैत्र बुधबार ०६:०७

कृष्ण दर्नाल/चैत १४, पाल्पा | कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा परिचित माटोका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ । 

पाल्पाको वगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदायमा कामदार र कच्चा पदार्थको अभावमा माटोका भाँडा बनाउने पेशा नै लोप हुँदै गएको हो । 

माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायतका कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेशा नै संकटमा परेको हो । माटाका हुण्डी, घैँटा, पाला, भुट्को, आरीलगायतका माटाका वस्तु परम्परादेखि नै घरायसी प्रयोजनप्रति आकर्षित मानिन्छन् । 

कुमाल समुदायको १२० घरधुरी रहेको घोरबन्दामा अहिले भक्तबहादुर कुमाल र देवबहादुर कुमाल दुई घरपरिवारले पुख्र्याैली पेशाका माटोका भाँडा बनाउने काम अँगालेका छन् । अन्य सबै घरपरिवार माटोको भाँडा बनाउने कामबाट विस्थापित बनेका छन् । 

स्थानीय बासिन्दा भक्तबहादुर कुमालले भाँडा बनाउन माटो अभाव, जोखिमको पेशा र यो पेशाप्रति युवाको आकर्षण कम हुँदै गएपछि माटोका भाँडा केही वर्षदेखि देख्नसमेत नपाइने हुन थालेको बताउनुभयो । बूढापाकाको मृत्यु भएपछि युवा पुस्ताले यो काम सिक्न नै नचाहेकोले पुख्र्यौली पेशा नै अहिले संकटमा परेको उहाँको दुःखेसो छ । 

स्थानीयवासी कुलबहादुर कुमालका अनुसार माटो, दाउराको अभाव र युवा पुस्ताको पेशाप्रति आकर्षित हुन नसक्दा यो पेशा नै लोप हुने अवस्था आएकोे हो । पहिले बस्तीमा माटाका भाँडा बनाउने चहलपहल हुने गरेपनि अहिले भाँडा बनाउन छाडेका छन् । 

पहिले आफूले पनि माटो बनाउने काम गरेका कुलबहादुर बुढेसकाल लागेपछि अहिले सो काम गर्न सक्दैनन् । पाल्पाको तानसेनस्थित प्रभाषको खेतबाट एक ट्र्याक्टर कालो माटोलाई रु दुई हजार तिर्नुपर्ने भक्तबहादुरको गुनासो छ । 

दशजना कामदार लगाएर माटो खन्नुपर्ने बाध्यता रहेको छ । कामदारलाई प्रतिव्यक्ति रु ५००, ढुवानी खर्च गरी घरमा ल्याउँदा भण्डै रु १० हजारजति खर्च हुने उहाँले बताउनुभयो । 

जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, वगनासकाली, माथागढी गाउँपालिका, रामपुर र तानसेन नगरपालिकालगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती रहेको छ । करीब दश पन्ध वर्षअघि माटाका भाँडा बनाउने पेशाबाट नै कुमाल समुदाय नै जीविकोपार्जनको प्रमुख स्रोतका रुपमा माटाका भाँडा बनाउने र घर घरमा भाँडा बेच्नका लागि पुग्ने चलन रहेको थियो । 

पछिल्ला वर्ष माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेशालाई अप्ठ्यारो पेशाका रुपमा लिन थालेपछि संकटमा परेको हो । परम्परादेखि माटाका भाँडा प्रयोग गर्दै आएका समुदायमा अहिले पूजापाठमा अतिआवश्यक भाँडामात्र प्रयोग हुँदै आएको कान्छी कुमालले बताउनुभयो । 

पछिल्लो जनगणना २०६८ सालका अनुसार पाल्पामा कुमाल समुदायका तीन हजार ६९५ गरी कूल जनसंख्या छ हजार ८०२ रहेको छ । कुमाल समुदायमा माटोका भाँडा बनाउने र माछा मारेर गुजारा चलाउने परम्परा रहे पनि अहिले त्यस्ता चलन भने विस्तारै हटेका छन् । 

स्थानीय सरकारले कुमाल समुदायका परम्परागत पेशा संरक्षणका लागि आधुनिक कार्यक्रम ल्याउन सकेको अवस्थामा फेरि त्यस्ता पेशा व्यवसाय संरक्षण हुने बूढापाकाको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह