Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विमान दुर्घटनामा ज्यान गुमाएका रौतहटका अवधेशको परिवारलाई आर्थिक सहयोग

By kit 5 मिनेट पढाइ

चैत १४, रौतहट। यूएस–बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएका मृतक अवधेश यादवको परिवारलाई रौतहटबाट आर्थिक रकम सहयोग हस्तान्तर भएको छ ।

समाजसेवीको रुपमा स्थापित युवा अभियानी रिपोर्टर्स क्लब नेपाल रौतहट जिल्लाका अध्यक्ष अभिमनु कुमार पटेलको पहलमा रौतहटमा संकलित रकम सर्लाहीको कबिलासी नगरपालिका वडा नं ३ बिनगरा बस्ने अवधेश यादवको परिवारलाई प्रदान गरिएको हो ।

रौतहटका संचारकर्मी, कर्मचारी, युवा, व्यापारी, शिक्षक, राजनीतिककर्मी र संघसंस्थाबाट संकलन गरिएको ४१ हजार ११ रुपैया बिनगर टोल स्थित घरमै पुगेर अवधेशको बृद्ध अपाङ्ग बुवा रास नारायण यादवलाई कबिलासी नपाका मेयर कौशल यादव,स्थानीय प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरिक्षक बिनोद यादव, बागमती नपा १० निवासी क्रिएटिभ युथ क्लबका अध्यक्ष एवं शिक्षक ओमबहादुर कार्की लगायत दर्जनौ स्थानीयबासीहरुको रोहवरमा सहयोग रकम हस्तान्तरण गरेको रिपोर्टस क्लब नेपालका रौतहट जिल्ला अध्यक्ष पटेलले जानकारी दिनुभयो ।

दुईभाई छोरा मध्यको जेठो छोरा मदन रायको १२ वर्षकै उमेरमा विमारीले गर्दा जनकपुर अस्पतालमा मृत्यु भएको थियो भने पैसाको अभाव भएपछि कान्छो छोरा अवधेश गाउँमै ऋण उठाएर कतार कमाउन गएको थियो ।

तर भनेको काममा नलगाए पछि ४ महिनामै घर फिर्ता आइरहेका अवधेशको त्रिभुवन विमान स्थल काठमाडौमा भएको युएस बंगला विमान दुर्घटनामा परेर मृत्यु भएको थियो । उहाँसँग प्लेनको टिकट समेत खरिद गर्न पैसा नरहेको अवस्थामा सोही ठाउँमा काम गर्ने आफनो सालो सँग सापटी पैसा लिएर घर  फर्किरहनुभएको थियो ।

छोराको मृत्यु पछि बेसहारा भएका अवधेशका बृद्ध अपाङ्ग बुवा सम्पत्तिको नाममा नहरको छेउमा जम्मा १० कठ्ठा जग्गा मात्र रहेको जसमा कुनै वर्ष वाली हुने र कुनै वर्ष त्यतिकै खाली रहने भन्नुभयो ।

छोराको मृत्यु पश्चात अवधेशकी श्रीमती पुनम देवी र ३ महिनाकी अबोध छोरीको लालन पोषणको भार वृद्ध अपाङ्ग बुवा माथि नै आइपरेको छ । ४ महिना बिदेश बस्दा छोराले एकपैसा पनि नपठाए पछि घर चलाउन मुस्किल परेपछि गाउँ मै थप ऋण लिएको रासनारायणले बताए ।

आर्थिक रकम संकलन गर्न राजपा नेपालका केन्द्रीय सदस्य बिबेक कुमार यादव र फोरम नेपालका युवा नेता अरविन्द कुमार यादव लगायतले दिनरात खटेर अभियानलाई सफल बनाएको पत्रकार पटेले बताउनुभयो ।