2026-09-13 01:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

३ मोटरसाइकलसहित ४ लाख मूल्य बराबरको कपडा रौतहटबाट बरामद

चैत २०, रौतहट | बाराको सिम्रौनगढ नाकाबाट भारतीय नं प्लेटको तीन मोटरसाइलसहित करीब रु चार लाख मूल्य बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । 

भारतबाट भन्सार छली बाराको कर्चोवा नाका हुदै रौटहटको सीमा भएर ल्याइँदै गरेको तन्ना, साडी, कुर्तासलवार, धोतीलगायत कपडा आज बिहान ४.३० बजे रौतहटको सशस्त्र आधार शिविर शहरमुज्वाले बरामद गरेको छ । 

सशस्त्र प्रहरी निरीक्षक गोविन्द पोख्रेलको नेतृत्वमा गएको प्रहरीगस्ती टोलीले रौतहट, मौलापुर नगरपालिका– ८ सोनरनिया टोल नजिकैबाट बीआर जिरो ५ एम २०३०, बीआर जिरो ५ एम ३१२७ र बीआर २ एम १७५ नंको भारतीय मोटरसाइलसहित पक्राउ परेका कपडा र मोटरसाइकललाई आवश्यक कारवाहीका लागि आजै गौर भन्सारमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक पोख्रेलले बताउनुभयो । 

सीमापारिबाट भारतीय मालसमान नेपाल भित्र्याउन बाराका कर्चोवा, सिम्रौगढ, बेलदारी, मुसहर्वा, मटिअर्वा, कवहीगोठलगायत नाकाबाट तस्करी हुन थालेपछि नियन्त्रण गर्न निर्देशन दिइएको मध्यक्षेत्रीय प्रहरी कार्यालय पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन