2026-07-24 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा चितुवा आतंक रोक्न सिसी क्यामरा जडान

चैत २०, भक्तपुर | बाघ गाउँ पस्ने र बच्चा खाने क्रम बढ्न थालेपछि सूर्यविनायक नगरपालिका–७ बालकुमारी सामुदायिक वन क्षेत्रमा १० वटा सिसी क्यामरा जडान गरिएको छ । 

गाउँमै चितुवा पसेर पसल गएर घर फर्कंदै गरेका गुण्डु पानीट्याङ्की खहरे बस्ने छ वर्षीय शिरिष तामाङलाई चितुवाले आक्रमण गरी जंगलमा लगेर खाएको एक महिना पनि नबित्दै बच्चासहित चितुवा गाउँमा देखा परेपछि यहाँका बासिन्दा अहिले आतंकित बनेका छन् । 

पानीट्याङ्की मन्थली गाउँको नजिकै रहेको बालकुमारी वनमा तीन वटा बच्चासहित आएको चितुवाले केही दिनअघि एसइई परीक्षा दिएर फर्कंदै गरेकी एक किशोरीमाथि आक्रमणको प्रयास गरेपछि गाउँका बासिन्दा चितुवाबाट आतंकित भएको वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । 

सरकारले सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान बनाउने भएपछि उद्यानभित्र परेको उक्त वन क्षेत्रलाई व्यवस्थित गर्ने र तारबार लगाउने काम नगरी अलपत्र छोडिदिँदा गाउँमा चितुवा पस्न थालेको मन्थली गाउँका बासिन्दाले गुनासो गरेका छन् । 

विगतका वर्षमा झैँ जंगलको २०० मिटरसम्मको झाडी सफा गर्न, कुहिएका काठ वितरण गर्न, पत्कर सोहर्न प्राणी उद्यानले रोक लगाएपछि जंगल बाक्लिँदै गएकाले बाघ र चितुवा जस्ता जनावरको आतंक बढेको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “वन बाक्लो बन्दै गएपछि गाउँमा चितुवाको आतंक बढेको छ । प्राणी उद्यानले झाडी सफा गर्ने निर्णयसमेत कार्यान्वयन नगर्दा स्थानीय आतंकित भएका छन् । चितुवाको आतंक बढेपछि स्थानीयवासीलाई जंगल क्षेत्रमा जान रोक लगाएका छौँ ।” 

स्थानीयवासीलाई वन क्षेत्रमा जान अहिले रोक लगाइएको छ । वडा कार्यालयले सूचना नै जारी गरेर बालकुमारी वनभित्र र आसपासका क्षेत्रमा नजान स्थानीयवासीलाई रोक लगाएको हो । 

प्रतिनिधिसभा सदस्य महेश बस्नेत र वडा कार्यालयको आग्रहपछि राष्ट्रिय प्राकृतिक संरक्षण कोष जावलाखेलले वन क्षेत्रमा १० वटा सिसी क्यामरा जडान गरेर चितुवाको संख्या र गतिविधि अनुगमन गर्न थालेको छ । 

वडाध्यक्ष सापकोटाले भन्नुभयो, “वन क्षेत्रमा सिसी क्यामरा जडान गरेर चितुवाको रेकर्ड लिन थालिएको छ । जंगलभित्र कति चितुवा, बाघ छन् भनेर गणना गर्न र उनीहरुको प्रकृति बुझ्न क्यामरा जडान गरिएको छ । चितुवा बस्ती पस्ने र मानवमाथि आक्रमण गर्ने गतिविधि देखिए जाल हालेर नियन्त्रणमा लिने प्रवन्ध गरिएको छ ।” 

स्थानीयवासीले प्राणी उद्यानलाई वन क्षेत्रको सीमाङ्कन गर्र्न र तारबार लगाउन स्थानीयवासीले माग गरेका छन् ।

 नगरपालिकासँग गरेको निर्णय र सम्झौता प्राणी उद्यान कार्यालयले कार्यान्वयन नगरेको र उद्यानका भक्तपुर कार्यालय प्रमुख रामचन्द्र कँडेलले तारबार लगाउने, जंगल व्यवस्थित गर्न आवश्यक ठाने मात्रै गर्ने र अनावश्यक ठाउँमा नगर्ने जवाफ दिएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । गाउँमै चितुवा आउन थालेपछि बालकलाई आक्रमण गरेको बाटो बन्द गरी अन्यत्रको बाटो सञ्चालनमा ल्याइएको छ । 

प्रतिनिधिसभा सदस्य बस्नेतले बालकलाई चितुवाले आक्रमण गरेको बाटो बन्द गरेर अन्यत्रबाट गाउँ जाने बाटो खुलाएको बताउनुभयो । मृतक बालकका परिवारलाई नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको र अन्य क्षेत्रबाट पनि सहयोग गर्ने प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । 

जिल्ला वन कार्यालयमार्फत सरकारबाट रु १० लाख क्षतिपूर्ति पीडित परिवारलाई उपलब्ध गराउने सहमति भए पनि त्यो सहमति भने अझै कार्यान्वयन भएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक