2026-07-11 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बोक्सीको आरोपमा एक पुरुषलाई मलमूत्र खुवाउने चार जना पक्राउ

भदौ २३, लाहान / बोक्सीको आरोपमा स्थानीय एक पुरुषलाई मानव मलमूत्र खुवाएको
भन्दै प्रहरीले सिरहाको डाढा गाविसबाट चार जनालाई पक्राउ गरेको छ।

स्थानीय रामसुफल यादवलाई
बोक्सी भन्दै मानव मलमूत्र खुवाएको आरोपमा प्रहरीले डाढा गाविस–९ निवासी महावीर सहनी, राकेश सहनी,
ईन्दुदेवी सहनी र जनकदुलारी सहनीलाई पक्राउ गरेको छ ।

सोहि घटनामा संलग्न रहेको आरोप लागेका अन्य
दुई जना फरार रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले
बताए।

बोक्सी भन्दै मानव मलमूत्र खुवाइएका रामसुफल यादवको लहानस्थित अस्पतालमा उपचार भइरहेको
प्रहरीले जनाएको छ।

अज्ञात रोगका कारण थलिएका डाढा गाविस–९ का राजेन्द्र सहनीको १४ वर्षीय छोरा
सुन्दर सहनीको अज्ञात रोगका कारण गत असार २५ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
उपचारको क्रममा मृत्यु भएको थियो ।

सहनीको मृत्यु भएपछि उनका आफन्तले झाँक्रीको काम गर्दै आएका
रामसुफल यादवले नै टुनामुना ९बोक्सी० गरी मारेको भन्दै उनलाई मानव मलमूत्र खुवाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट