४ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा एक फर्निचर उद्योगमा आगलागी, २० लाख बराबरको क्षति

२६ चैत्र २०७४, सोमबार ०६:००

चैत २६ राजविराज | सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति भएको छ । 

बलान बिहुल गाउँपालिका मौवहा चौकस्थित चौधरी यादवको घरमा सञ्चालन गरेको सियाराम शर्माको फर्निचर उद्योगमा विद्युत् (सर्ट) चुहिएर आगलागी हुँदा निजको फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

त्यस्तै छिमेकी देवनारायण साफीको एउटा घर, जीवछ साफीको तीन घर, लक्ष्मी साफीको दुई र चन्देश्वर यादवको एउटा घर जलेर नष्ट भएको प्रहरी चौकी बेल्हीले जनाएको छ । सो आगलागीबाट फर्निचर उद्योगमा रहेको टेबुल, कुर्सी, दराज, पलङ लगायतका समान जलेर नष्ट भएको पीडित शर्माले बताउनुभयो । 

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, सुन, चाँदी, गरगहना र नगदसहित रु २० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । आगोलाई स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इराक पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ बुढीगण्डकी किनारमा एक वृद्धको शव फेला क्यानडा र माल्टा पठाउने भन्दै ठगी गरेको आरोपमा २ पक्राउ बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय राजावादीलक्षित प्रधानमन्त्रीको कविता – शहरमा खोजि भैरहेछ हराएको मूर्तिको, खाजि भै रहेछ भाइ‌माराको… बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज ‘आउटलः दफा २१९’ ले ४ दिनमा कमायो कति ? पाकिस्तान सुपर लिग त्यागेर आइपिएल टिम मुम्बई रोज्दा दक्षिण अफ्रिकी खेलाडी कानुनी झमेलामा प्रचण्डको प्रष्टीकरण– ओली सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन मोटरसाइकल चालकलाई जोगाउन खोज्दा पल्टियो बस, १४ जना घाइते चोकको नाम राख्ने विषयमा धनुषामा विवाद, प्रहरीले चलायो गोली, एक युवक गम्भीर घाइते  च्याउ खाँदा बिरामी परेका १० मध्ये एकको मृत्यु, एक गम्भीर नयाँ सरकार गठन हुने भ्रममा पर्नुहुँदैन : कांग्रेस प्रमुख सचेतक घिमिरे दुगडका कम्पनीले कर नतिरेको सूचना निकालेकै दिन ओलीविरुद्ध रावलका ५ आरोप फोटो जलाउनेलाई पक्राउ गर्दा पपुलारिटीका लागि प्रचण्डले विरोध गरे, यो उनको पुरानै शैली होः महेश बस्नेत ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेमा एक जना पक्राउ अदालतले रोक्दारोक्दै ट्रम्प प्रशासनद्वारा सयौँ ग्याङ मेम्बर डिपोर्ट सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ